अमेरिकी सिनेटरले खुलाइन आफू बलात्कृत भएको घटना « Khabarhub

अमेरिकी सिनेटरले खुलाइन आफू बलात्कृत भएको घटना


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको माथिल्लो सदन सिनेटकी एकजना सिनेटरले अमेरिकी वायुसेनामा कार्यरत रहँदा आफूमाथि बलात्कार भएको खुलासा गरेकी छिन् ।

रिपब्लिकन पार्टीका तर्फबाट एरिजोना राज्यकी सिनेटर मार्था मक्सालीले अमेरिकी वायुसेनामा कार्यरत रहँदा आफूमाथि आफ्ना वरिष्ठ सैन्य अधिकारीले बलात्कार गरेको खुलासा गरेकी हुन् ।

उनले सिनेटको आम्र्ड सर्भिस उपसमितिमा अमेरिकी सेनामा हुने यौन दुव्यवहारबारेको सुनुवाईका क्रममा आफूमाथि पनि बलात्कार भएको खुलासा गरेकी हुन् ।
उनले आफूमाथि बलात्कार गर्ने सैनिक अधिकारीको पहिचान भने खुलाइनन् ।
त्यसअघि गत जनवरीमा एरिजोना राज्यकै अर्की सिनेटर जोनी एन्स्र्टले पनि कलेज पढ्दा आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।
आफूमाथि बलात्कार भएपनि सैनिक प्रणालीमाथि आफ्नो विश्वास नरहेकाले आफूले बलात्कारबारे उजुरी नगरेको समेत बताइन् ।
‘आफूमाथि बलात्कार भएपछि मैले सैनिक सेवा त्याग्नेबारे पनि विचार गरेँ, तर मैले त्यागिन सैनिक सेवालाई निरन्तरता दिइरहेँ ।’ सिनेटर मक्सलीले भनिन् ।
यता अमेरिकी वायुसेनाले भने मक्सलीले वायुसेनामा रहँदाको भोगाइप्रति दुःख व्यक्त गरेको छ ।
२६ वर्ष अमेरिकी वायुसेनामा सेवा गरेकी उनी कम्ब्याटमा लडाकु विमान उडाउने तथा स्क्वाड्रनको कमाण्ड गर्ने पहिलो महिला पाइलट समेत हुन् ।
उनले सन् २०१० मा अमेरिकी वायुसेनाबाट अवकाश लिएकी थिइन् भने सन् २०१४ मा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेनेन्टेटिभमा चुनिएकी थिइन् । एरिजोनाका सिनेटर जोन मेक्केनको निधन भएपछि मेक्केको स्थानमा उनलाई सिनेटर बनाइएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ३ : ३९ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा