राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल २’ का विजेता « Khabarhub

राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल २’ का विजेता


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द भ्वाइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।

उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए ।

साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलका लागि छनोट भएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । यो रियालिटी शो पछिल्लो समय नेपालमा रुचाइएको रियालिटी शोमध्ये एक हो ।

योसँगै राम लिम्बुले नगद रु. १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ०३ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६