‘द भ्वाइस अफ नेपाल २’ को विजेता भएपछि राम लिम्बुले के भने? « Khabarhub

‘द भ्वाइस अफ नेपाल २’ को विजेता भएपछि राम लिम्बुले के भने?


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित रियालिटी शो ‘द भ्याइस अफ नेपाल सिजन २’ मा विजयी भएका राम लिम्बुले यो जीत सम्पूर्ण दर्शकको भएको बताएका छन् ।

राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक भोट पाएर विजयी भएपछि लिम्बुले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरे । साथै उनले सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’

भोलिका दिनमा उनले संगीतका माध्यमबाट दर्शकको मन जित्ने पनि प्रयत्न गर्ने पनि बताएका छन् ।

लिम्बुले ‘द भ्वाइस अफ नेपाल’को स्टेजमा गीत गाएर लाखौँ दर्शकको मन जित्न सफल भएका थिए । उनी प्रमोद खरेलको टिमबाट उत्कृष्ट ४ मा परेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ४२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा