काठमाडौं– खानेपानी तथा ढल निकास विभागमा कार्यरत इन्जिनियरहरुले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको भेटिएको छ ।
विभाग मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर मोतिउर रहमानले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको देखिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट इन्जिनियर मोतिउर रहमानले भारतको उत्तरप्रदेशमा रहेको अलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङ पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको देखिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएका इन्जिनियर रहमानविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया