काठमाडौं– तत्कालीन जिल्ला प्राविधिक कार्यालय भाजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (उपसचिव)विरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
भोजपुर–टक्सार–कोट–गोगने–लेकखर्क सडक स्तरोन्नतिका लागि पेश्की तथा रनिङ बिल भुक्तानीबाट घुस रकम लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया