ढ्यापढ्यापे समयमा हृदयेशले भने– सरकारलाई विचरा भन्नु परिरहेको छ « Khabarhub

ढ्यापढ्यापे समयमा हृदयेशले भने– सरकारलाई विचरा भन्नु परिरहेको छ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद हृदयेश त्रिपाठीले लामो समय बन्द रहेर संञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहीबार बसेको बैठकमा ढ्यापढ्यापे समयमा बोल्दै उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनिमिलमाथि अबिलम्ब हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको हो ।

डेढ महिना पछि सञ्चालन भएका चिनी मिलहरु पुन बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलहरुमाथि हस्तपक्षेप गरी संञ्चालनको व्यवस्था मिलाउन नसके हजारौं किसानहरु उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले उखु किसानका लागि सरकारले घोषणा अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सम्बोधन नगरेकाले सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव हरु त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारिता माथि प्रश्न उठाए ।

उनले कृषि उपजको मुल्य निर्धारण आयोगको गठन गरी त्यसले निस्पक्ष रुपमा कृषि उपजको मुल्य निर्धारण गरेपछि सरकारले समर्थन मूल्य घोषणा गरोस् आफुले संकल्प प्रस्ताव दर्ता गराएको भएपनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गरे ।

उनले भने“दुख लागिरहेको छ, आफ्नै सरकारलाई विचरा भन्न परिरहेको छ ।” उनले रेशम चौधरीलाई न्यायलयले न्याय नगरेको टिप्पणी गरे । उनले भने “हाम्रा अदालतले फैसला गर्छन् ,न्याय गर्दैनन् भनेर एक जना पुर्व प्रधानन्यायाधीशले आजै मात्रै भन्नुभएको थियो । मलाई त्यो कुरा सही लाग्यो । फैसला मात्रै हुने रहेछ । न्याय नहुने रहेछ ।”

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : ०७ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,