रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव « Khabarhub

रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव



काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले आजीवन कारावासको फैसला गर्नु दुर्भाग्यपूर्ण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले सांसद चौधरीको मुद्दालाई राजनीतिक तवरबाटै समाधान खोजिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने बताए ।

खबरहबसँग विशेष कुराकानी गर्दै उपप्रधानमन्त्री यादवले भने, ‘रेशम चौधरीको मुद्दा कानूनीभन्दा पनि राजनीतिक हो, राजनीतिमा अनुहार, भूगोल, सामाजिक, सांस्कृतिक समुदाय हेरेर फरक–फरक निष्कर्षमा पुग्नु हुँदैन । तसर्थ समाधान पनि राजनीतिबाट नै हुनुपर्छ ।’

सरकारले यस मुद्दालाई राजनीतिक निर्णयबाट सम्बोधन गरिएको भए उपयुक्त हुने तर्क गर्दै उनले क्षेत्र तथा भूगोलका आधारमा पूर्वाग्रह राख्न नहुने तर्क गरे । आफ्नो पार्टीको शुरुदेखिको अडान नै राजनीतिक समस्याको हल राजनीतिबाटै गर्नुपर्ने रहेको स्पष्ट पारे ।

त्यस्तै, उनले नेपालको इतिहासमा कानूनी तवरबाट समाधान खोजिएका कुनै पनि राजनीतिक प्रश्नको समाधान हुन नसकेको समेत टिप्पणी गरे ।

अब संघीय समाजवादी फोरम पनि सरकारबाट बाहिरिन्छ कि ? भन्ने प्रश्नमा उपप्रधानमन्त्री यादवले अवस्थालाई थप परिपक्व हुन दिइनुपर्ने प्रतिक्रिया दिए । खबरहबसँग गरिएको विस्तृत अन्तरवार्ता शुक्रबार प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ९ : ०७ बजे

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा

नेपाल–जापान सम्बन्ध कूटनीतिमा मात्र सीमित छैन : सभामुख अर्याल

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका

नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ पुस्तामा पठन संस्कृति,

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका