जम्मुमा ग्रिनेड आक्रमण, एक जनाको मृत्यु « Khabarhub

जम्मुमा ग्रिनेड आक्रमण, एक जनाको मृत्यु


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको जम्मुमा भएको ग्रिनेड आक्रमणमा एक जनाको ज्यान गएको छ । जम्मुको बस स्टेशनमा बिहीबार मध्याह्न १२ बजे भएको ग्रिनेड आक्रमणमा एकजना १७ वर्षे किशोरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा शरिक नाम गरेका किशोर रहेको प्रहरीले जनाएको छ ।

ग्रिनेड आक्रमणमा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । आक्रमणमा अरु ३० जना घाइते भएको अधिकारीले जनाएका छन् । प्रहरीले ग्रिनेड आक्रमण गराउने आक्रमणकारीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारत प्रशासित कश्मीरको कुल्गाम क्षेत्रका यासिर जाभिद भट रहेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीको बयानका आधारमा यासिरलाई पक्राउ गरिएको हो ।

यासिरले कश्मीरमा सक्रिय आतंकवादी समूह हिजबुल मुजाहिद्दिनका जिल्ला कमाण्डर फारुख अहमद भटको निर्देशनमा ग्रिनेड आक्रमण गराएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ८ : ५५ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि