हुवावेले अमेरिकाविरुद्ध मुद्दा हाल्यो « Khabarhub

हुवावेले अमेरिकाविरुद्ध मुद्दा हाल्यो


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– चीनको प्राविधिक उपकरण निर्माता तथा दूरसञ्चार सेवा प्रदायक कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकामा बेच्न सिमित पार्ने अमेरिकी कानून असंवैधानिक रहेको भन्दै खारेज गर्न माग गरेको छ ।

हुवावेले अमेरिकाको टेक्सास राज्यको प्लानो जिल्लामा रहेको जिल्ला अदालतमा अमेरिकाको नेशन डिफेन्स अथोराइजेशन एक्टको धारा ८८९ विरुद्ध मुद्दा दायर गरेको हो ।

गत अगष्ट महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षार गरी कानूनी मान्यता दिएको यस धारा अनुसार अमेरिकी संघीय निकाय तथा संघीय निकायका ठेकेदारहरुले हुवावेका उपकरण प्रयोग गर्न तथा सेवा लिन नपाउने प्रावधान छ ।

अदालतमा मुद्दा दायर गर्ने हुवावेको कदमलाई चीन र अमेरिकाबीच व्यापारिक खिचातानीको पछिल्लो घटनाका रुपमा लिइएको छ ।क्यानाडामा पक्राउ परेकी हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झोउलाई क्यानाडाले अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया शुरु गरेपछि चीन र अमेरिकाबीच कुटनीतिक तनाव पनि बढेको बताइन्छ ।

त्यसबाहेक अमेरिकाले चीनबाट आयात हुने सामानमा भन्सार महशुल बढाउने तर्फ पनि ध्यान दिइरहेको अमेरिकी सञ्चार माध्यमले जनाएका हुन् । चीन सरकारका लागि अमेरिकामा आफ्ना उपकरणमार्फत् हुवावेले जासुसी गरिरहेको अमेरिकाले बताउने गरेको छ । तर, हुवावेले भने आफूले त्यस्तो केही गरिरहेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १० : ५७ बजे

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन

सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ 

रामेछाप– सुनकोशी गाँउपालिका– ३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन

वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब