प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध « Khabarhub

प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिकाले न्यायालयको समाचारलाई ‘प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध’ शर्षकमा मुख्य समाचारका रुपमा छापेको छ । पत्रिकाले न्यायाधीहशहरुको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहदेखि नै विवादित बनेको उल्लेख गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भनाइलाई ‘आउनुस् न्याय क्षेत्र सुधारौ, राजीनामा म दिन्छु, तपाईहरु पनि सहयोग गर्नुस्’ उल्लेख गरेको छ । उनले प्रधानन्यायाधीशको कुर्सी बडो गाह्रो रहेछ, कहिले सत्यको साक्षी बस्नुपर्ने कहिले असत्यको ।

त्यसैगरी सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले राजनीतिक भागबन्डामा न्यायाधीश सिफारिस गर्नु दुर्भाग्य भएको भनाइ उल्लेख गरेको छ । पूर्वन्यायाधीश कल्याण श्रेष्ठको भनाइलाई ‘संवैधानिक अंगमाथि हाबी हुन संसदीय सुनुवाई’ शीर्षकमा समाचार छापेको छ ।

त्यसैगरी पत्रिकाले ‘त्रिभुवन विश्वविद्यालयको थेसिस केनबेचमा प्राध्यापक’ शीर्षकमा अनियमितताको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले बार्गेनिङ गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

त्यस्तै कर्णालीका सबै काराकारमा पुस्तकालय, १० कारागारमा ८ हजार किताब शीर्षकमा कारागाकारलाई सुधार गृहमा परिणत गर्ने हेतुको समाचार पनि छापेको छ ।

त्यसैगरी राजपाको केन्द्रीय समिति बैठक दुई वर्षमा एकपटक मात्रै शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ । पार्टीको विधानमा निश्चितथ समयमा बस्नैपर्ने भनेर नतोकिएको तथा आवश्यकता र औचित्य पनि नदेखिएकाले बैठक नबसेको अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ०० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको