चटपटेको भरमा हुरीपीडित–चामल र दालका बोरा छन्, पकाउने भाँडा छैन « Khabarhub

चटपटेको भरमा हुरीपीडित–चामल र दालका बोरा छन्, पकाउने भाँडा छैन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित कान्तिपुर दैनिकले बारा पर्सा हावाहुरी पीडतको समस्यालाई मुख्य समाचार बनाएको छ । चटपटेको भरमा हुरीपिडित, कागमा समेत बर्डफ्लु शीर्षकको समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै भागबन्डा मिल्यो नाम टुंगिन बाँकी शीर्षको समाचार कान्तिपुरले छापेको छ ।

कान्तिपुरले मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले एकपक्षीय र प्रयोजित मनसाय राखेर मौनता साधेको ओरोप लगाएको समाचार परराष्ट्रले बोल्नै दिएन शीर्षकमा प्रकाशन भएको छ ।

कान्तिपुरले मुख्य समाचार बनाएको चटपटेको भरमा हुरीपीडित शीर्षकको समाचारमा लेखिएको छ– फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् ।

गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले विहानको खान अबेरसम्म खान नपाएपछि भोक मार्न चटपटे खाएको बताइन् ।

भुजा र चिउरा चपाउँदा चपाउँदा मुख दुखिसक्यो उनले भनिन् । शुक्रवार साँझसम्म चलेको मेस शनिबारदेखि बन्द छ । टेन्टमा चामल र दालका बोरा छन् तर पाकाउने भाँडो र चुलो छैन । उनले पकाउने सामान हावाहुरी उडाएको बताइन् । राहतको रुपमा आएको भाँडामा प्लास्टिकका जग र बाल्टिन मात्र पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : १४ बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको