मुम्बईको जीतमा ‘डेब्यु’ ‘ब्वाई’ जोसेफको धमाकेदार खेल, लिए ६ विकेट | Khabarhub Khabarhub

मुम्बईको जीतमा ‘डेब्यु’ ‘ब्वाई’ जोसेफको धमाकेदार खेल, लिए ६ विकेट


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अल्जारी जोसेपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो डेब्यु सम्झना योग्य बनाएका छन् । वेष्ट इन्डिजका बलर जोसेफले सनराइजर्स हैदरवादविरुद्धको खेलमा मुम्बई इन्डियन्सबाट पाएको डेब्युको अवसरलाई सदुपयोग गरेका छन् ।

सनराइजर्स हैदरावादको घरेलु मैदानमा भएको खेलमा जोसेफले आफ्नो डेब्यु धमाकेदार बनाए । उनले घरेलु टोलीविरुद्ध उनले ३.४ ओभर बलिङ गर्दै १२ रन खर्चेर १ मेडन ओभरसहित ६ विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १सय३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा सबैविकेट गुमाउँदै ९६ रनमा समेटियो ।

हैदरावादको ब्याटिङ ध्वस्त पारेका जोसेफले आफ्नो आईपीएलको पहिलो खेल उत्कृष्ट प्रदर्शन गरे । मुम्बईसँग ४० रनको फराकिलो अन्तरले पराजित भएको हैदारावादका लागि ९६ रन बनाउने क्रममा दिपक हुडले २० रन बनाए । मनिस पाण्डे र जोन बेरिस्टोले समान १६ —१६ रन बनाए भने तीन ३ ब्याट्सम्यान शुन्यमा आउट भए ।

हैदरावादविरुद्ध मुम्बईका जोसेफले ६, राहुल चाहारले २ विकेट लिए भने जस्प्रीत बुम्राह र जासन वेहरेन्डोफले समान एक—एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि किरोन पोभार्डले सर्वाधिक ४६ रन बनाए । यस्तै, क्वेन्टोन डि ककले १९ रन र इसान किसनले १७ रन बनाए ।

मुम्बईविरुद्ध पहिलो बलिङरोजेको हैदरावादका लागि सिद्धार्थ कालु दुई विकेट लिए । यस्तै, राशिद खान, मोहमद नाभि, सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक—एक विकेट लिएका थिए ।

जीत हात पारेको मुम्बई ६ अंकसहित लिगको शीर्ष चौथो स्थानमा रहेको छ भने पराजित हैदरावाद दोस्रो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ७ : ३२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि