इजिप्टमा अनौठो चिहान उत्खनन्, जनावरका मम्मी फेला « Khabarhub

इजिप्टमा अनौठो चिहान उत्खनन्, जनावरका मम्मी फेला


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्टका प्राचिन चिहानमा मम्मीको रुपमा राखिएका जनावरको अवशेष भेटिएको छ ।

राजधानी कायरोबाट करिब ४ सय किलोमिटर दक्षिणमा रहेको सोहाग शहरमा रहेका प्राचिन चिहानमा ५० भन्दा बढी मम्मीका रुपमा राखिएका मुसाहरु र अन्य जनावरको अवशेष फेला परेको हो ।

त्यस चिहान भने प्राचिन मिश्रको सभ्यताका वरिष्ठ अधिकारी बताइने टुटुको रहेको बताइएको छ ।

हालै उत्खनन गरिएका चिहानमा रंगीबिरंगी र विशेष रुपमा सजाइएको अवस्थामा चिहानमा सुरक्षित रुपमा राखिएका जनावरका मम्मी फेला परेका हुन् । त्यहाँ थप दुई जनाको मम्मीको अवशेष समेत फेला पारिएको थियो ।

अवशेष भेटिएका मम्मीमध्ये एउटा मम्मीमा ३५ देखि ५० वर्ष उमेरको बीच रहेकी महिला र १२ वर्ष आसपास रहेका बालकको अवशेष फेला परेको हो ।

जनावरको मम्मी रहेको चिहानमा अन्तिम संस्कार र अन्य परम्पराको चित्र समेत कोरिएको इजिप्टका अधिकारीले जनाएका छन् ।

जनावर रहेका चिहान २ हजार वर्ष पुरानो रहेको प्राचिन मिश्रको इतिहासबारे अध्ययन गर्दै आएका विशेषज्ञलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

गत अक्टोबरमा सोहाग शहरमा गैर कानूनी रुपमा तस्करहरुले उत्खनन गर्दै गरेको अवस्थामा फेला पारिएको चिहान पछिल्लो समय इजिप्टको पुरातत्वसम्बन्धी निकायले उत्खनन गरेको थियो ।

इजिप्टका पुरातत्वसम्बन्धी अधिकारीले पछिल्लो खोजीलाई त्यस क्षेत्रको हालसम्मकै सबैभन्दा महत्वपूर्ण र रोचक खोजीको संज्ञा दिएका छन् ।

इजिप्टको पुरातत्वसम्बन्धी निकायले पछिल्लो खोज पनि त्यस क्षेत्रमा पर्यटकको आगमनमा तीब्र रुपमा बृद्धि हुने विश्वास लिएको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ८ : ४९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा