आठौं राष्ट्रिय खेलकुदका लागि बनाइएका संरचना आधा शताब्दी टिक्लान् ? « Khabarhub

आठौं राष्ट्रिय खेलकुदका लागि बनाइएका संरचना आधा शताब्दी टिक्लान् ?




काठमाडौं– नेपाली खेलकुदको महासंग्राम आठौं राष्ट्रिय खेलकुद चैत २७ गतेदेखि शुरु हुँदैछ । तर, प्रतियोगिताको उद्घाटन भने बैशाख ५ गतेमात्रै हुनेछ ।

प्रतियोगिता आयोजना स्थल नेपालगञ्जमा यतिबेला आठौं राष्ट्रिय खेलकुदको सरगर्मी बढ्दो छ । मिति घोषणा भएको भालिपल्ट अर्थात् शनिबार नै स्थानीयहरुले नेपालगञ्जमा सरसफाइ अभियान नै चलाएका छन् । यसले पनि प्रतियोगितालाई लिएर स्थानीय उत्साहित रहेको प्रष्ट पार्छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको नेतृत्वमा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले गएको शुक्रबार प्रतियोगिताको उद्घाटन बैशाख ५ गते गर्ने निर्णय गरेसँगै राष्ट्रिय खेलकुदलाई लिएर आम नेपाली खेलकर्मी, खेलाडी तथा प्रसंशकको ध्यान नेपालगञ्ज तर्फ मोडिएको छ ।

प्रदेश नम्बर ५ का ५ जिल्ला र कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा प्रतियोगिता आयोजना गरिने भए पनि अधिकाशं खेलहरु नेपालगञ्जमा हुने भएपछि मुख्य आयोजनास्थलका रुपमा नेपालगञ्जलाई लिइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न सरकारले राष्ट्रिय खेलकुदका लागि करोडौंका खर्च गरेर भौतिकपूर्वाधर निमार्ण गरेको छ । शुक्रबार मिति घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव केशव कुमार बिष्टले सरकारले राष्ट्रिय खेलकुदका लागि ९० करोड लगानी गरेको बताए ।

त्यसैक्रममा उनले सरकारबाट केही रकम निकासा हुन सकेत बाँकिहरेको बताएका छन् । यसअघिका राष्ट्रिय खेलकुद भन्दा भव्य रुपमा प्रतियोगिता आयोजना गर्ने बताएको राखेपले अधिकाशं खेलका मैदान तथा कभर्डहलहरु नयाँ निर्माण गरेको हो ।

त्यस्तै, राखेपका मध्यपश्चिम खेलकुद विकास समिति र हालको प्रदेश नम्बर ५ का अध्यक्ष भीम ओलीले पनि आठौंका लागि निर्माण भएका संरचनाहरु गुणस्तरीय भएको दाबी गरेका छन् । “अहिले जतिपनि पूर्वाधार निर्माण गरिएको छ त्यसमा दक्ष प्राविधिकहरुको सुझाव सल्लाह अनुसार सम्पन्न गरिएका छन् । तीनिहरुको परीक्षण, अनुगमन र गुणस्तर मापन गरेर र हामीसँग पर्याप्त उपकरणहरुको प्रयोग गरी पूर्वाधार निर्माण गरिएका छन्,”अध्यक्ष ओलीले भने,“सबै कुराहरुको अनुगमन र मापन गरेर मात्रै हामीले बजेट निकासा गरेका कारण पूर्वाधार राम्रो बनेको छ । जसका लागि राखेपका ९ जना प्राविधिकहरुको टोलीले प्रदेशमा ५ मा रहेको छ ।”

पूर्वाधार निर्माणका लागि नै भनेर राखेपले १३ प्रोजेक्टलाई काम सुरु गरेको थियो । त्यसमध्ये बेलजुन्डी रंगशाला र नेपालगञ्ज रंगशालाबाहेक सबै संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । तर, यी दुवै रंगशाला अबको हप्ता दिन भित्र निर्माण सम्पन्न हुने सदस्य सचिव बिष्टले बताएका छन् ।

“अहिले बनेका जतिपनि संरचनाहरु छन् ति सबै अबको पचास वर्षपछि प्रतियोगिता आयोजना गराउँदा पनि कुनै असर नपर्ने किसिमले निर्माण गरिएको छ,” अध्यक्ष ओलीले संरचनालाई दिर्घकालीन रुपमा अगाडि बढाउने बारे भने,“आठौं पछि संरचना व्यवस्थापन गर्ने कुराहरु अब आउने नेतृत्वले ध्यान दिनु पर्छ । त्यसको व्यवस्थापन गर्न थप कर्मचारीको आवश्यक पर्छ । जुन राखेप, स्थानीय सरकार र स्थानीय निकायले व्यवस्था गर्नुपर्छ ।”

भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण अहिलेसम्म राष्ट्रिय खेलकुदको मिति पटक—पटक गरी सर्दै बैशाखमा हुने भएको छ । तर, प्रतियोगिता हुन १० दिनमात्रै बाँकी रहँदा पनि केही खेलका मैदान तथा कभर्डहलहरुको निर्माण कार्य जारी रहेको बिष्टले शुक्रबार बताएका थिए ।

बिष्टले कतिपय खेलका लागि मैदान सानो हुने, त्यस्तै किसिमका सुविधाहरु दिन नसकिएपनि २ वर्षमै राष्ट्रिय खेलकुद हुनेभएकोमा खुसी मनाउनु पर्ने बताएका थिए ।

प्रतियोगिता हुँदा गर्मी मौसममा हुने भएकाले गर्मीले खेलाडीलाई गर्ने असरका बारेमा पनि यतिबेला चर्चा भइरहेको छ । नेपालको सबैभन्दा गर्मी हुने शहर नेपालगञ्जमा हुन लागेको प्रतियोगिताका कतिपय खेल बिहान र बेलुका गरी दुई सिफ्टमा खेलाउने तयारी भइरहेको बिष्टले बताएका थिए ।

नेपालगञ्जमा बैशाखमा ३५ डिग्री भन्दा कम तापक्रम नहुने स्थानीयले बताएपनि सदस्य सचिव बिष्टले खेल २५ डिग्रीको हाराहरीमा तापक्रम रहँदा मात्रै खेलाउने बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १२ : ०९ बजे

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै

पाकिस्तानमा पोलियो विरोधी अभियान : चार करोड बालबालिकालाई लगाइयो खोप 

एजेन्सी– पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान

दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव

काठमाडौं– नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र

एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता

एजेन्सी– राजकुमार विलियम र राजकुमारी क्याथरिनले सोमबार जारी गरेको एक