रियलको पुनरागमन जीत « Khabarhub

रियलको पुनरागमन जीत


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस महारथि रियल मड्रिडले इबारलाई पराजित गरेको छ । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा रियलले इबारलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

ला लिगामा पुनरागमन जित हात पारेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा खेलमा १२ अंकले पछि रहेको छ । यस्तै, लिगको दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको रियलले ३१ खेलमा ६० अंक बनाएको छ ।

शनिबार रियललाई जित दिलाउन रियलका लागि करिम बेञ्जमाले गोल गरे । रियलविरुद्ध खेलको ३९ औं मिनेटमा इबारलाई मार्क कार्डोनाले गोल गर्दै अग्रता बनाएका थिए ।

पहिलो हाफमा १—० पछि परेको रियलका लागि करिम बेञ्जनाले ५९ औं मिनेटमा गोल गर्दै इबारविरुद्ध खेल १—१ को बराबरी गरेका थिए ।
त्यस्तै, बेञ्जमाले खेलको ८१ औं मिनेटमा दोस्रो गोल गर्दै रियललाई जित दिलाए ।

योसँगै जिनेदिने जिदान क्लबमा फर्किएपछि यो ला लिगामा दोस्रो जित हो । बार्सिलोना र एट्लेटिको मड्रिडले समान ३० खेल खेलेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १२ : ०१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट