सोमबारदेखि मौसममा सुधार आउने « Khabarhub

सोमबारदेखि मौसममा सुधार आउने


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ

गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने १–२ दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताए । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधार हुँदै जाने बताइएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।

राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइएको छ ।

मङ्गलबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १२ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार