जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ सार्वजनिक « Khabarhub

जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ सार्वजनिक


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ को विमोचन गरिएको छ । काठमाडौंको अनामनगरस्थित सर्वनाम थियटरमा शनिबार सम्पन्न विमोचन कार्यक्रममा समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

नेपालको दशवर्षे जनयुद्धले सामाजिक र राजनैतिक रुपमा पारेको प्रभावलाई कथाकारले आफ्ना कथामा उतारेका छन् । विमोचन कार्यक्रममा बोल्दै समीक्षक महेश पौड्यालले पोख्रेलका कथा राजनैतिक र सामाजिक विषयवस्तुमा आधारित हुँदाहुँदै पनि तटस्थ रहेको बताए ।

जनयुद्धको कथालाई जिकेले झण्डै एक दशकपछि लेखेकाले यो सम्भव भएको पौड्यालको भनाइ थियो ।

कार्यक्रममा अर्का समालोचक राजिन पनेरु पोख्रेलका पुस्तकले नेपाली समाजको निकट विगतको ठूलो सकसको कथा बोकेको धारणा राखे ।

पोख्रेलका यसअघि दुईवटा कथा संग्रह ‘जून निदाएको रात’ र ‘स्वाभिमानको चिता’ सार्वजनिक भइसकेका छन् । ‘गोहो’ दशवटा कथा समावेश छन् भने यो कृतिलाई अक्षर~शालाले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १२ : ५२ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष