हाइड्रोपावरमा कार्यरत प्राविधिकको शव फेला « Khabarhub

हाइड्रोपावरमा कार्यरत प्राविधिकको शव फेला


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सेती हाइड्रोपावरमा कार्यरत प्राविधिक दीपेन्द्र ओलीको शव आज फेला परेको छ ।

रुकुम जिल्ला स्थायी घर भएका ओली यही चैत १८ गते दिउँसो सेती नदीमा ढुङ्गातर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका ओलीको खोजीका लागि परिचालन भएको सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नं को विपद् व्यवस्थापन टोलीले आइतबार उनको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक प्रदिपकुमार पालले बताए ।

उनले भन्नुभयो, “ओली बगेर बेपत्ता भएको खबर पाउने वितिकै हाम्रो र बाहिनीको टोली परिचालन भएको थियो, एक सातापछि बल्ल शव फेला पारेकाछौँ ।” बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेलापरेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले जनाएको छ ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि उक्त आयोजनाको काम गर्न प्राविधिक ओली डोटी आएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : ४० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको