इटहरीको मुक्तिधाम क्षेत्रमा धार्मिक पर्यटकीय सम्भावना : राष्ट्रपति « Khabarhub

इटहरीको मुक्तिधाम क्षेत्रमा धार्मिक पर्यटकीय सम्भावना : राष्ट्रपति


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– राष्ट्रपति विद्यादेवी भण्डारीले विद्धान विद्युषीहरुको पवित्र तपोभूमि धार्मिक तथा साँस्कृतिक पक्षको विकास र जगेर्नामा जोड दिनुपर्ने बताएकी छिन् ।

सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना समेत गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन् ।

उनले देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको यो क्षेत्रमा सुविधायुक्त सार्वजनिक यातायात, पर्यटकीय सुविधाका अन्य पूर्वाधारहरुको विकासमा पनि ध्यान दिन आग्रह गरेकी थिइन् ।

करिव ७ करोडको लागतमा मन्दिर निर्माण गरिएको हो । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितीका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।

मन्दिर उद्घाटन समारोहमा मुख्यमन्त्रि शेरधन राई, प्रदेश प्रमुख गोविन्द तुम्बाहागं, महिला बालबालिका मन्त्रि थममाया थापा मगर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालवाबु पण्डित लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : ४१ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको