दुई आयोगमा अध्यक्ष तथा सदस्य छनोटको प्रक्रिया शुरु « Khabarhub

दुई आयोगमा अध्यक्ष तथा सदस्य छनोटको प्रक्रिया शुरु


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिश समितिको बैठकले योग्यता पुगेका व्यक्तिको छनोटका लागि फाराम पेश गर्न सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दुवै आयोगका अध्यक्ष र सदस्यमा योग्यता पुगेका व्यक्तिलाई छनोट प्रक्रियामा फाराम पेश गर्न सूचना प्रकाशन गर्न निर्णय गरेको सो समितिका सदस्य शर्मिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशसम्बन्धी छनोट सम्बन्धी प्रक्रिया वेबसाइटमा राखिने बताइएको छ ।

मन्त्रिपरिषद्को यही चैत ११ गते बसेको बैठकले गरेको निर्णयअनुसार दुई आयोगको अध्यक्ष र सदस्य सिफारिशका लागि समितिले काम अघि बढाएको छ । वर्तमान पदाधिकारीको यही चैत मसान्तबाट समय सकिँदैछ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको