बफादार कुकुर जसले मृत्युपर्यन्त पनि मालिकको साथ छाडेन | Khabarhub Khabarhub

बफादार कुकुर जसले मृत्युपर्यन्त पनि मालिकको साथ छाडेन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– कुकुरलाई मानिसको सबैभन्दा वफादार साथीको रुपमा लिइन्छ । कुकुरले बेलाबेला मानिसहरुलाई सहयोग गरेर आफ्नो वफादारिता प्रमाणित गर्दै पनि आएको छ । कुकुरले मानिसप्रतिको वफादारिता फेरि प्रमाणित गरेको छ ।

खासमा एकजनालाई रेलले लिकमा ठक्कर दिएको थियो । घटनामा कुकुरका मालिकको निधन पनि भयो । तर, कुकुरले आफ्नो मालिकको साथ मृत्युपर्यन्त पनि छाडेन । कुकुर आफ्ना मालिकको लासनजिकै गएर लुटुपुटु गरी बसिरह्यो ।

समाचार हो, मेक्सिकोको उत्तरपूर्वी राज्य नुएभो लियोनको । राज्यको मोन्टेमोरेलोस शहरमा रहेको रेलको लिकमा ५७ वर्षे भिक्टर रेयना भाजकेजलाई रेलले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । रेलले एकाबिहानै ठक्कर दिने बेला उनी त्यहाँ रक्सी पिइरहेका थिए ।

तर, जब रेडक्रसका उद्धाकर्ताहरुले उनको शव फेला पारे, शवनजिकै उनको कुकुर लुटुपुटु गरेर बसिरहेको थियो । उद्दारकर्ताहरुले उनको शव लैजान कुकुरलाई त्यहाँबाट बलजफ्ती हटाउनुपर्‍यो ।

तर, पनि कुकुर मानेन । उसले आफ्ना मालिकको शव हटाउन आउने प्रहरीलाई टोक्न समेत जाइलाग्यो । यसक्रममा एकजना प्रहरी घाइते समेत भए ।

त्यहाँका स्थानीयका अनुसार कुकुरका मालिक निकै जँड्याहा थिए । त्यो कुकुरले उनलाई धेरै वर्षदेखि साथ दिँदै आएको थियो ।
घटनापछि कुकुरलाई के गरियो भन्ने स्पष्ट भएको छैन । यद्यपि सामाजिक सञ्जालमा मानिसहरुले कुकुरलाई सहाराको खाँचो पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : १२ बजे

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

बाँके– बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर