निर्मला प्रकरण : ‘अपराधी पत्ता लाग्न अझै समय लाग्छ’ « Khabarhub

निर्मला प्रकरण : ‘अपराधी पत्ता लाग्न अझै समय लाग्छ’


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदका प्रश्नको जवाफ दिँदै थापाले सरकार हत्यारा पत्ता लगाउन प्रयत्नशील रहेको बताउनुभयो ।

झन्डै ७ महिनासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको अलोचना भइरहेको छ । महिला हिंसा सम्बन्धमा नेपाल प्रहरीले ९५ प्रतिशत अपराधीलाई कठघरमा ल्याएको गृहमन्त्री थापाले बताउनुभयो । ‘४–५ प्रतिशतलाई कानुनको कठघरमा ल्याउन सरकार प्रयत्नशील छ ।

मन्त्री थापाले भन्नुभयो केही केसमा अपराधी पत्ता लाग्न समय लाग्छ, निर्मला पन्तको घटनाले पनि समय लिएको छ । सरकार छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन प्रयत्नशील छ ।’ समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : ४६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले