शिक्षकले तलब पाएनन् « Khabarhub

शिक्षकले तलब पाएनन्


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  कर्णाली प्रदेशका हिमाली जिल्लामा यही माघ २५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ । जुम्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले माघ २७ गतेबाट ‘समावेशी र सुरक्षित विद्यालय भौतिक पूर्वाधार, विद्यालय शिक्षामा पहुँच बालबालिकाको आधिकार’ भन्ने नारासहित भर्ना अभियान शुरु गर्न जुम्लाका सबै विद्यालयलाई निर्देशन गरिसकेको छ ।

अघिल्ला वर्षझै वार्षिक परीक्षा सकेर दोस्रो चौमासिक तलब खाँदै आएका जुम्लाका शिक्षक तथा कर्मचारीलाई भने यस वर्ष पारिश्रमिकबिना नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने बाध्यता आइलागेको छ । वार्षिक परीक्षा पूरा गरेका त्यहाँका आठ स्थानीय तहमा कार्यरत शिक्षक कर्मचारी तीन महीनादेखि तलबविहीन रहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख महेश देवकोटाले जानकारी दिए ।

“शिक्षक कर्मचारीले बेलैमा तलब नपाउनु स्थानीय सरकारको कमजोरी हो”, उनले भने, “यसमा उनीहरु जिम्मेवारी भएर लाग्नुपर्दछ”, उनले जुम्लामा मात्रै दरबन्दी र राहत गरी ८३५ शिक्षक, १९६ ‘इसिडी’ सहजकर्ता र २१० विद्यालय कर्मचारी गरी कूल एक हजार २४१ शिक्षक तथा कर्मचारीले दोस्रो चौमासिक तलब खान नपाएको बताए । उनीहरुको तलबका लागि रु १५/२० करोड आवश्यक पर्ने उहाँको भनाइ थियो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष जाज्वल्यराज न्यौपानेले भोको पेटमा शिक्षकले बालबालिकाको भविष्यका विषयमा सोच्नुपर्ने अवस्था आएको गुनासो गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले शिक्षकको तलब स्थानीय तहमा पुग्नेगरी पठाइसकिएको  जानकारी दिए ।  “शिक्षकको तलब शुद्ध नेपाल सरकारको पैसा हो, त्यो साउनमै पठाइसकिएको छ”, निर्देशक अर्यालले भन्नुभयो, “अपुग हो भने लेखेर पठाउनुपर्ने हो, त्यो कतैबाट आएको छैन ।”

शैक्षिक कार्यक्रमका हकमा वैदेशिक सहायता भएकाले त्यसका लागि खर्च विवरण र प्रगति प्रतिवेदन पेश गर्नुपर्ने उनले जनाए । शिक्षकले बेलैमा तलब पाउन नसक्नु सम्बन्धित स्थानीय सरकारको कमजोरी रहेको निर्देशक अर्यालको भनाइ थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार वैदेशिक सहायता तथा अनुदान स्रोतको खर्च फाँटवारी स्थानीय तहले समयमै नपठाउँदा महालेखा नियन्त्रक कार्यालयले बजेट फुकुवा नगरिदिएकाले निकासा दिन समस्या भएको बताइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १० : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्