जापानमा मागभन्दा धेरै रोजगारीका अवसर « Khabarhub

जापानमा मागभन्दा धेरै रोजगारीका अवसर


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१८ मा सार्वजनिक भएका समाचारहरुका अनुसार जापानमा औसतमा हरेक एक सय जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १ सय ६३ वटा रोजगारका अवसर हुने गरेका छन् । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको जापानको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयद्वारा प्रकाशिन गरेको पछिल्लो विवरणमा गएको डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक एक सय जनाका लागि औसतमा १ सय ६३ वटा रोजगार उपलब्ध हुने गरेको जनाइएको छ । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको हो ।

मुलुकको बेरोजगारीदर पनि गएको डिसेम्बरमा निकै न्यून छ । जापानी सरकारी तथ्यांक अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ ।

जापानको अर्थतन्त्र गएको वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटक–पटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुवैमा असर परेको थियो ।

जापानमा ठूलो संख्यामा नेपाली कामदार र विद्यार्थी बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ११ : ३३ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६