प्रचण्ड ‘स्लीप’ भएको ओलीको भनाइ, विज्ञप्तिमा अडिग छु– प्रचण्ड « Khabarhub

प्रचण्ड ‘स्लीप’ भएको ओलीको भनाइ, विज्ञप्तिमा अडिग छु– प्रचण्ड


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।”

मङ्गलबार सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने प्रचण्डको भनाइ थियो । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि यस विषयमा स्पष्ट पारिसकेको प्रचण्डले बताए ।

आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए ।

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देश बाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको प्रचण्डले टिप्पणी गरे ।

उता नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने भनेजुएलाबारे दिएको वक्तव्यमा प्रचण्ड चिप्लिएको टिप्पणी गरेका छन् ।
जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘अलिकति स्लिप(चिप्लिएको) भएको हो । म भोलिपल्ट आउँदै थिए । अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । प्रधानमन्त्री ओलीले यति कडा भाषामा विज्ञप्ति निकाल्नु पर्ने जरुरी पनि नभएको ओलीले बताए ।

‘एउटा जरूरी विषय थिएन। अर्को जुन भाषा प्रयोग भयो त्यो पनि उपयुक्त भएन त्यसले एउटा तरंग ल्यायो,’ प्रधानमन्त्रीले भने,‘ तर कोही एक जना साथीले निकालेको वक्तव्यमा देश/देशको सम्बन्ध अडेको हुँदैन। सम्बन्ध त्यसैबाट उत्पन्न भएको पनि होइन त्यसैबाट अन्त्य हुने पनि होइन। जानेर नजानेर यस्ता स-साना घटना र उतारचढाव हुन सक्छन्। केही लाइनको वक्तव्यमा युद्धको घोषणा त गरिएको छैन।’

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : २० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई