हिन्दूधर्ममा मंगलबार किन विशेष छ ? « Khabarhub

हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font


हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नु पर्दछ ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।

एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ३७ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप