कुन राशिका मानिसले के मन्त्र जप्दा हुन्छ धन प्राप्ति ? « Khabarhub

कुन राशिका मानिसले के मन्त्र जप्दा हुन्छ धन प्राप्ति ?


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font


हरेक व्यक्तिले सुखी जीवनका लागि धन प्राप्ति गर्न मेहनत गरिरहेको हुन्छ । अहिलेको समयमा त धन अर्थात पैसा एक आधारभूत आवश्यकता नै बनिसकेको छ । त्यसैले हिन्दी भाषामा एक भनाइ पनि छ – ‘बाप बडा ना भैया, सबसे बडा रुपैयाँ !’
तपाईंको गोजीमा पैसा नहोस्, बैंक खातामा पनि रकम नहोस्, सोच्नुस् त ! तपाईंको हालत के हुन्छ ? पैसा बिनाको जीवन कुनै पनि मानिसले कल्पना गर्न चाहँदैन । त्यसैले यसलाई प्राप्त गर्नका लागि केही मानिसहरुले थुप्रै प्रकारका जादु–टुनासमेत सिक्ने गरेका छन् । तर तपाईंलाई थाहा छ ? हिन्दूधर्म शास्त्रमा पनि धन प्राप्तिका लागि उपायहरु उल्लेख गरिएका छन् ।

हरेक मान्छेको एक चन्द्र राशी हुन्छ । र, हरेक चन्द्र राशीको एक स्वामी ग्रह हुन्छ । त्यस्तै हरेक ग्रहको एक इष्टदेव पनि हुन्छ । यदि हामीले आफ्नो इष्टदेवलाई प्रसन्न गर्‍यौँ भने व्यापारिक तथा वित्तिय समस्या अन्त्य हुन सक्छ ।

आउनुहोस्, आफ्नो राशीअनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्रबारे जानकारी राखौँ । जसले तपाईंको जीवनमा धन सम्बन्धी समस्याको अन्त्य होस् ।

मेष
मेष राशीको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमान जीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ ।
मन्त्रः ‘ऊँ हनुमते नमः’ यो मन्त्र दैनिक गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

वृष

वृष राशीको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष जातको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ ।

मन्त्रः ‘ऊँ दुर्गादेव्ये नमः’ यो मन्त्र जाप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

मिथुन
मिथुन राशीको स्वामी ग्रह बुध हो । मिथुन राशी भएकाहरुले भगवान गणेशको पूजाआराधना गरेमा प्रसिद्धी प्राप्त गर्ने छन् ।
मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र जाप गरेमा नोकरी तथा व्यवसायमा आएका समस्या दूर भएर जानेछन् ।

कर्कट
चन्द्र ग्रह कर्कट राशीको स्वामी हो । ज्योतिषअनुसार चन्द्रमामा भगवान शिवको राज रहेको हुन्छ । त्यसैले कर्कट राशी भएकाले धन सम्बन्धी लाभ प्राप्त गर्न भगवान शिवको पूजा गर्नुपर्दछ ।
मन्त्रः ‘ऊँ नमः शिवायः’ यो मन्त्र दैनिक जाप गरे फल प्राप्त हुनेछ ।

सिंह
सिंह राशीको स्वामी ग्रह सूर्य हो । सिंह राशी भएकाले भगवान सूर्यको पूजा गर्ने तथा हरेक बिहान सूर्यलाई अर्ग चढाएमा उर्जा प्राप्त हुनेछ ।
मन्त्रः ‘ऊँ सूर्याय नमः’ यो मन्त्र जाप गरे लाभ मिल्नेछ ।

कन्या
कन्या राशीको स्वामी बुध ग्रहलाई मानिन्छ । यस राशी भएकाले भगवान गणेशको पूजा गरेमा शीघ्र धन लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र दैनिक बिहान बेलुका जाप गरेमा लाभ प्राप्त हुनेछ ।

तुला
तुला राशीको स्वामी शुक्र ग्रह हो । तुला राशी भएकाले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ । लक्ष्मी त्यसै पनि धनकी देवी भएकाले देवी लक्ष्मीलाई प्रसन्न गरेको खण्डमा धन सम्बन्धी समस्याको समाधान हुनेछ ।
मन्त्रः ‘ऊँ महा लक्ष्म्यै नमः’ यो मन्त्रको जाप गरेमा लक्ष्मीको वृद्धि हुने विश्वास छ ।

वृक्षिक
वृक्षिक राशीको स्वामी ग्रह मंगललाई मानिन्छ । वृक्षिक राशी भएकाले भगवान हनुमानको पूजा गरे लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ हं हनुमते नमः’ यो मन्त्र जाप गरे शारीरिक पीडा तथा धन सम्बन्धीको पीडा अन्त्य भएर जाने मानिन्छ ।

धनु
धनु राशीले बृहस्पति ग्रहसँग सम्बन्ध राख्छ । धनु राशी भएकाहरुका लागि भगवान विष्णुको पूजाआजा शुभ हुनेछ ।
मन्त्रः ‘ऊँ श्री विष्णवे नमः’ यो मन्त्रको दैनिक जाप गरेमा व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मकर
मकर राशीको स्वामी शनि ग्रहलाई मानिन्छ । शनि वा हनुमानको पूजा गरेमा मकर राशी भएकाले लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ शम् शनिश्चराये नमः’ यो मन्त्र जाप गरेमा बाधाअड्चन हट्ने र सुख–शान्ति मिल्नेछ ।

कुम्भ
कुम्भ राशीको स्वामी ग्रह पनि शनि नै हो । शनिको गुरु भगवान शंकरलाई मानिन्छ । त्यसैले यस राशी भएकाले शनिका साथै भगवान शंकरको पनि पूजा गर्न आवश्यक छ ।
मन्त्रः ‘ऊँ महामृत्यंजय नमः’ यो मन्त्र हरेक दिन बिहान र बेलुका १०८ पटक जाप गरेमा सबै प्रकारको दुःख हट्ने छ ।

मीन
मीन राशीको स्वामी बृहस्पतिलाई मानिन्छ । यो राशी भएकाले भगवान नारायणको ध्यान तथा मन्त्र जप गरेमा धनसम्बन्धी समस्या हटेर जानेछ ।
मन्त्रः ‘ऊँ नारायण नमः एवं ऊँ गुरुवे नमः’ यी दुई मन्त्रको जाप गरेमा शुभ फल मिल्ने छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : ५८ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक