आपराधिक गतिविधि रोक्न सिसी क्यामरा जडान « Khabarhub

आपराधिक गतिविधि रोक्न सिसी क्यामरा जडान


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सिसी क्यामरा जडान गरिने भएको छ । सिसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइडलगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सिसी क्यामरा जडान भइसकेका छन् ।

शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त ठाउँमा सिसी क्यामरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्रद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा सो सहमति भएको हो । प्रारम्भिक चरणमा रु ३३ लाखको लागतमा पोखरा–२६ को विजयपुरदेखि कोत्रेसम्म र तालचौकदेखि वेगनास ताल, पोखरा विश्वविद्यालय, अर्रधौचोकदेखि रिठ्ठेपानी, तल्लो गगनगौँडादेखि राजाको चौतारा र राजमार्ग क्षेत्रसमेत गरी ३१ सिसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले सिसी क्यामरा जडान भएपछि आपराधिक मानसिकता कमजोर हुनुका साथै यसको नियन्त्रणमा सघाउ पुग्ने बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस अवधारणलाई साकार पार्न सरोकार निकायबीच सहकार्य गरी प्राविधिक पक्षको सम्बन्धमा गहन छलफल आवश्यक रहेको सुझाव दिए । सिसी क्यामरा जडान समितिका संयोजक मोती गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानलाई सफल बनाउन विभिन्न सङ्घ–संस्थाको सहयोग अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ५९ बजे

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण