इस्लामिक धर्मालम्बीलाई चार्डको रौनक : एक महिने पर्व रमजान शुरु « Khabarhub

इस्लामिक धर्मालम्बीलाई चार्डको रौनक : एक महिने पर्व रमजान शुरु


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्लाम धर्मालम्बीहरुले मनाउने रमजान पर्व आज (मंगलबार) देखि शुरु भएको छ । इस्लाम धर्मावलम्बीहरुले बिहानदेखि धार्मिक विधिपूर्वक रमजान पर्वको शुभारम्भ गरेका छन् ।

इस्लाम पात्रोको नवौँ महिनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महिनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । आजकै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।

रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर चरित्रवान व्यक्ति बनाउने, गलत कार्य गरेमा पश्चात्ताप गर्ने, कसैमाथि अन्याय नगर्ने, झुट नबोल्नेका साथै असल कार्य गर्ने सम्बन्धमा प्रतिबद्धता प्रकट गर्ने रुपमा पनि लिने गरिएको छ । यसका साथै, यस पर्वमा दानको पनि विशेष महत्व पनि रहेको छ । गरीबलाई गरिने दानलाई ‘जकात’ भनिन्छ ।

चन्द्रमाको आधारमा मनाइने गरिएको यो पर्व २९ वा ३० दिनको हुने गर्दछ । चन्द्रमाको दर्शनपछि यो पर्व आज बिहानबाट शुरु भएको मोहम्मद मुनिर आलमले जानकारी दिए । एक महिना रोजा अर्थात् उपवासमा बसेर चन्द्रमाको दर्शन गरेपछि विधिवतरूपमा रमजान पर्वको समापन हुन्छ । त्यसपछि, इस्लाम धर्मावलम्बी खुशीयालीको रुपमा इदउल–फित्र अर्थात् इद पर्व मनाउने गर्छन् ।

एक महिनासम्म निरन्तररूपमा चल्ने यस पर्वमा प्रत्येक दिन रोजा (उपवास) बस्ने गर्छन् । सूर्योदय हुनुअगावै भोजन गरिसक्नुपर्ने हुन्छ । सूर्योदय भएपछि थुक पनि निल्नु नहुने मान्यताका साथ यस पर्वमा दिनभर उपवासमा बसेपछि सूर्यास्त भएपछि अन्न ग्रहण गर्ने गरिन्छ । समयको हेरफेर हुने भएकाले रोजा शुरु गर्नुअगावै र साँझ अन्न ग्रहण तालिकाको आधारमा गर्नुपर्ने नियम रहेको शेख अब्दुल हसनले बताए ।

इस्लाम धर्मको पाँच स्तम्भमध्ये चारा स्तम्भ यस पर्वसँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । सूर्योदय हुनुअगावै गरिएको भोजनलाई ‘सहरी’ र सूर्यास्त भएपछि गरिने भोजनलाई ‘इफ्तार’ भन्ने गरिन्छ । मस्जिदमा बेलुकी ९ बजेको समयमा पढ्ने नमाजलाई ‘तरावीह’ भन्ने गरिएको मुनिर आलमले बताए ।

रमजान पर्वको अवधिमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुनेका साथै आफ्नी श्रीमतीसँग पनि शारीरिक सम्पर्क गर्नु नहुने र अन्य महिलालाई छुन पनि नहुने पर्वको कडा नियमभित्र पर्दछन्। शुद्ध आचरणका साथ यो पर्व गरेमा अल्लाहको कृपाप्राप्त हुने धार्मिक मान्यता छ ।

अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई रोजा अर्थात् उपवासमा नबस्ने छुट दिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ९ : ४१ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन