नीति तथा कार्यक्रम साना विद्यार्थीलाई निबन्ध लेख्न सिकाएजस्तो : प्रकाशमान सिंह « Khabarhub

नीति तथा कार्यक्रम साना विद्यार्थीलाई निबन्ध लेख्न सिकाएजस्तो : प्रकाशमान सिंह


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम देश कसरी बनाउने भनेर विद्यालय तहका विद्यार्थीलाई निबन्ध (एस्से) लेख्न सिकाए जस्तो भएको बताएका छन् ।

संसदमा मंगलबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै कांग्रेस नेता सिंहले सरकारको नीति तथा कार्यक्रम नारैनाराले भरिएको राम्रो दस्तावेज मात्रै भएको आरोप लगाए । उनले भने, ‘नारा राम्रो भएरमात्रै हुँदैन, व्यवहारमा उतार्न सजिलो छैन ।’

सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल नै राम्रोसँग चलाउन नसकेको भन्दै उनले प्रश्न गरे, ‘हवाईजहाजले आपत्तकालिन अवतरण गर्न मिल्ने राजमार्गको विकास गर्छु भन्ने कुरा कसरी पत्याउने ?’

प्रधानमन्त्रीले काठमाडौंको जनताले मास्क लगाएर हिँड्नु पर्ने अवस्थाको अन्त्य गर्छु भनेर प्रतिनिधीसभामा बोलेको कुरालाई स्मरण गराउँदै उनले प्रधानमन्त्री र मन्त्रीले मुखमा लगाउनु पर्ने मास्क खोले पनि जनताले भने अझै मास्क खोलेर काठमाडौंको सडकमा हिड्न सक्ने वातावरण नबनेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : ५५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल