नीति तथा कार्यक्रम साना विद्यार्थीलाई निबन्ध लेख्न सिकाएजस्तो : प्रकाशमान सिंह | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम साना विद्यार्थीलाई निबन्ध लेख्न सिकाएजस्तो : प्रकाशमान सिंह


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम देश कसरी बनाउने भनेर विद्यालय तहका विद्यार्थीलाई निबन्ध (एस्से) लेख्न सिकाए जस्तो भएको बताएका छन् ।

संसदमा मंगलबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै कांग्रेस नेता सिंहले सरकारको नीति तथा कार्यक्रम नारैनाराले भरिएको राम्रो दस्तावेज मात्रै भएको आरोप लगाए । उनले भने, ‘नारा राम्रो भएरमात्रै हुँदैन, व्यवहारमा उतार्न सजिलो छैन ।’

सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल नै राम्रोसँग चलाउन नसकेको भन्दै उनले प्रश्न गरे, ‘हवाईजहाजले आपत्तकालिन अवतरण गर्न मिल्ने राजमार्गको विकास गर्छु भन्ने कुरा कसरी पत्याउने ?’

प्रधानमन्त्रीले काठमाडौंको जनताले मास्क लगाएर हिँड्नु पर्ने अवस्थाको अन्त्य गर्छु भनेर प्रतिनिधीसभामा बोलेको कुरालाई स्मरण गराउँदै उनले प्रधानमन्त्री र मन्त्रीले मुखमा लगाउनु पर्ने मास्क खोले पनि जनताले भने अझै मास्क खोलेर काठमाडौंको सडकमा हिड्न सक्ने वातावरण नबनेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : ५५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका