राष्ट्रपति ट्रम्पद्वारा वुड्स सम्मानित « Khabarhub

राष्ट्रपति ट्रम्पद्वारा वुड्स सम्मानित


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वका चर्चित गल्फर टाइगर वुड्सलाई अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मान गरेका छन् । मंगलबार वासिङटनमा आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति टम्पले वुड्सलाई अमेरीकि नागरीकले पाउने उच्च सम्मान ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’ ले प्रदान गरे ।

अवार्ड प्रदान गर्दै राष्ट्रपति ट्रम्पले वुड्सलाई सधैभरी जित राख्नुस् भन्दै शुभकामना दिएका छन् । उनले भनेका छन् , ‘यस्ता प्रतिभाहरुले अमेरीकाको स्प्रिट अगाडि बढाउँछ ।’

४३ वर्षीय १५ मुख्य उपाधि विजेता वुड्सले उपाधि हात पारिसकेपछि आफ्नो सफलतामा आफ्ना अभिभावकको हात महत्वपूर्ण रहेको बताए । विश्व गल्फका लिजेण्ड तथा १५ पटकको मेजर विजेता टाइगर उड्स अमेरिकाको उच्च सिभिलियन सम्मानबाट सम्मानित भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनमा आयोजना विशेष समारोहमा उड्सलाई प्रेसिडेन्टल अफ फ्रिडम हवार्ड प्रदान गरेका हुन्। ४३ वर्षे उड्सले गत अप्रिलमा अगुस्टामा भएको मेजर गल्फको उपाधि जितेका थिए। जुन उड्सले ११ वर्षपछि जितेका थिए।

त्यसैका कारण उड्सले अमेरिकाको उच्च सम्मान पाएका हुन्। उड्सले अवार्ड समारोहमा आफ्ना दुई बच्चा र आमालाई धन्यवाद दिएका थिए।

यो अवार्ड त्यस्तो ब्यक्तिलाई दिने गरिन्छ, जसले देशको सुरक्षामा योगदान गरेको, विश्व शान्तिमा सहयोग गरेको लगायतका आवश्यकता छन । जसमा उड्स खेलकुदबाट पर्ने चौथो व्यक्ति हुन ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  २ : ५९ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६