संसदमा सत्तापक्ष र प्रतिपक्षको भनाभन कस्तो रह्यो ? « Khabarhub

संसदमा सत्तापक्ष र प्रतिपक्षको भनाभन कस्तो रह्यो ?


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा संसदमा छलफल भइरहेका बेला नेपाली कांग्रेसले पटक–पटक विरोध जनाइरह्यो ।

प्रधानमन्त्रीले अपमान गरेको भन्दै कांग्रेसले प्रतिनिधिसभामा नाराबाजीसँगै संसद अवरोध समेत गर्‍यो । नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छराको अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ भन्ने वित्तिकै कांग्रेसले प्रधानमन्त्रीले संसद र सांसदको अपमान गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । सो क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवाल जवाफ बढ्दै बैठक तनावपूर्ण बनेको थियो ।

विरोध चलिरहेकै बेला संसोधनकर्ताको बाट बोल्ने समय पाएका नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आक्रोश पोखे ।

उनले भने, “सभामुख महोदय, संसदको गरिमा आज कायम गर्न सक्नुभएन । सभामुख महोदय, यसरी संसद चल्दैन । गरिमा कायम गर्न सक्नुभएन । यसरी संविधानको पालना हुदैन भनेर आशंका व्यक्त गरेर संशोधन दर्ता गरायौं। प्रधानमन्त्रीबाट गरिमा कायम भएन । सभामुखले त्यो काम गराउन सक्नुभएन । दुखका साथ भन्नुपर्छ यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन । सभामुख महोदय, यसरी संसदको गरिमालाई तल नपार्नुहोस् । संसदीय अभ्यासलाई कमजोर नबनाउनुहोस् । एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद झुक्नुपर्ने ? नागरिक झुक्नुपर्ने । यो लोकतन्त्र होइन । यो संविधान होइन । त्यही आंशकाबाट संसोधन राख्या हो ।”

सांसदहरुको नाराबाजीका बीच सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि परेका संसोधन प्रस्तावहरुको प्रक्रिया अघि बढाए । विपक्षी दलका सांसदको नाराबाजीका बाबजुत सभामुखले बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषाण गरे । उनले बैशाख २७ गते देखि बजेट पूर्वको विनियोजन विधेयकको सिद्धान्त र प्राथकिताका बारेमा छलफल हुने जानकारी पनि गराएका थिए ।

प्रधानमन्त्रीको जवाफमा सांसदहरु प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, पुष्पा भुसाल गौतम, सुजाता परियार, गगन कुमार थापा, दिलेन्द्र प्रसाद बडू, पार्वता डिसी चौधरी, डिला संग्रौला पन्त, हिरा गुरुङ, राजेन्द्र कुमार केसी, संञ्जय गौतम, देवेन्द्रराज कँडेल, शरद सिंह भण्डारी, अनिल कुमार झा, उमा रेग्मी, डाक्टर मिनेन्द्र रिजाल, लक्ष्मी परियार, ज्ञानेन्द्र बहादुर कार्की, प्रमिला राई, मिन बहादुर विश्वकर्मा, मिना पाण्डे, तेजुलाल चौधरी, अमरेश कुमार सिंह, प्रकाश रसाईली स्नेही, राम बहादुर विष्ट, दुर्गा पौडेल, महेन्द्र राय यादवले प्रतिप्रश्न  गरेका थिए ।

सांसदहरुले महाकाली नदीमा कुन कुन तुईन कहिले विस्तापित भए ? एनसेल संग कर उठाउने कि नउठाउने ? संविधान संशोधन गर्न तयार पनि भन्ने अनि संसोधनका लागि तयार पनि नहुने बोल्ने एक थरी गर्ने अर्कोथरी किन भनी प्रश्न सोधेका थिए ।

पुष्पा भुसाल गौतमले निर्मला पन्तका अपराधी कहिले जेल जाने ?भनी प्रश्न गरे ।  दिलेन्द्र प्रसाद बडूले महाकालीमा दार्चुलाको लाली र तिग्डम झोलुङ्गे पुल द्वन्द्व समाप्त हुने वित्तिकै सुरु गरेर सम्पन्न भएका बाहेक अन्य भएको जनकारी गराउन माग गरेका थिए ।

डाक्टर मिनेन्द्र रिजालले संविधानले राष्ट्रपतिको मातहत नेपाल सरकार राखेको छैन तथा संविधानले प्रदेशलाई संघ मातहत नराखेको भन्दै त्यसबारे जवाफ माग गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : ४१ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने