सुरक्षालाई लिएर दीपेन्द्रले ‘आमा’ बनाउने « Khabarhub

सुरक्षालाई लिएर दीपेन्द्रले ‘आमा’ बनाउने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरक्षा पन्तलाई लिएर निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘आमा’ निर्देशन गर्ने भएका छन् । ‘आमा’ नामक फिल्मलाई नेपालको पहिलो फिल्म पनि मानिन्छ ।

फिल्ममा सूर्यमाला खनाल ‘आमा’ को भूमिकामा देखिँदैछिन् भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तलाई देख्न सकिन्छ । काठमाडौंमा मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनामा फिल्मको औपचारिक घोषणा समेत गरियो ।

निर्देशक खनालले यो फिल्मलाई आफ्नो हिट फिल्म ‘पशुपतिप्रसाद’ जस्तो बनाउने दाबी गरे । उनले भने, ‘आमालाई दर्शक र समीक्षकले माया गर्ने खालको बनाउने छु ।’

यस्तै नायिका सुरक्षा पन्तले आफूले निभाउने भूमिकालाई सक्दो न्याय गर्ने बताइन् । चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

चलचित्रमा शर्मिला पाण्डेको निर्माण रहनेछ भने सन्तोष अधिकारीको सह–निर्माण रहनेछ । फिल्मले फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

निर्माण टिमका अनुसार फिल्मको छायांकन असारको पहिलो साताबाट थालिनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : ५३ बजे

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद् दुवै सदनको बैठक आज : सभामुख बन्दै डिपी अर्याल

काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।