गंगालालबाट आकृतिको शव टिचिङ अस्पतालमा, छोरीको शव पनि हेर्न नपाइ घर फर्किइन् पिङ्की | Khabarhub Khabarhub

गंगालालबाट आकृतिको शव टिचिङ अस्पतालमा, छोरीको शव पनि हेर्न नपाइ घर फर्किइन् पिङ्की


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– मुटुरोगको उपचारका क्रममा गलत समूहको रगत चढाउँदा निधन भएकी सर्लाहीकी ५ वर्षीया आकृति कुमारी साहको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको क्रममा निधन भएकी आकृतिको परिवारले शव लिन नमानेपछि अस्पतालले प्रहरीको सहयोगमा टिचिङ अस्पतालमा पठाएको हो ।

गंगालालमा आकृतिको शव विग्रिने र अन्य बिरामीलाई समेत असर पर्नसक्ने भन्दै आकृतिको शव टिचिङ पठाइएको अस्पतालका निर्देशक ज्योतिन्द्र शर्माले बताए ।

‘मृतकका आफन्तले शव लिन मानेनन्, अस्पतालको आईसियूमा राख्दा अन्य बिरामीलाई पनि असर पर्छ । त्यसैले शव टिचिङ लगिएको छ,’  शर्माले खबरहबसँग भने, ‘प्रहरीले मुचुल्का उठाएर प्रहरीले टिचिङ लगिएको हो ।’

मुटुरोग समस्या भएकी आकृतिको १७ गते गंगालाल अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको थियो । मुटुको शल्यक्रिया गरी उपचार गरेको १ सातापछि अस्पतालले साहको मृत्यु भएको भन्दै आफन्तलाई शव लैजान भनेको थियो । तर, मृतक आकृतिका आफन्तले भने उपचारमा संलग्न डाक्टरले गलत समूहको रगत चढाएर उनको मृत्यु भएको भन्दै दोषी चिकित्सकलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका थिए ।

उपचारमा लापरबाही गर्ने ल्याबका कर्मचारी र रगत चढाउने चिकित्सकलाई कारबाही नभएसम्म छोरीको सव नबुझ्ने आकृतिका बुवा रामप्रवेश साहले बताएका छन् । अस्पतालको लापरबाहीले छोरीको ज्यान गएको र चिकित्सकले गलत डकुमेन्ट बनाएर घटनालाई दवाउन खोजेको आफन्तको आरोप छ ।

यता गंगालाल अस्पतालका निर्देशक ज्योतिन्द्र शर्मा भने मृतक आकृतिको मृत्युको विषयमा छानबिन समिति बनाएर अनुसन्धान भइरहेको बताउँछन् ।

‘हामीले समिति बनाएर बालिकाको मृत्युको विषयमा छानबिन गरिरहेका छौं । सम्भवत भोलि (बुधबार) सम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘मृतकका आफन्तले भनेजस्तो गतल रगतकै कारण मृत्यु भए नभएको भन्ने कुरा फाइनल रिपोर्ट नआइ भन्न सकिँदैन, तर आजको भोलि त अनुसन्धान हुँदैन, आवेशमा आएर कसैलाई कारबाही गर्न त म सक्दिन नि । समितिको रिपोर्टमा कुनै चिकित्सकको गल्ति देखिए म कारबाही गर्छु ।’

छोरीको शव देख्न नपाइ घर फर्किइन् पिङ्की

आकृतिको मुटुरोगको उपचारका लागि बैशाख १७ गते अप्रेसन थिएटर सम्म आमा पिङ्कीले पुर्‍याएकी थिइन् । छोरीको रोग ठीक हुने आशमा आफ्नो मन सम्हाल्दै बसेकी पिङ्की सोमबार अस्पतालले छोरीलाई मृत घोषित गर्दा स्तब्ध बनिन् ।

एकसाता अघि आफ्नो हात समाउँदै हाँस्दै अप्रेसन थिएटरमा पसेकी छोरीको निधन भयो भन्दा पिङ्कीले अझै विश्वास गर्न सकेकी छैनन् । छोरीको मृत्युको खबरले रोहेर थाकेकी पिङ्की अन्तिम पटक छोरीको मृत शरीर समेत हेर्न नपाइ मंगलबार घर फर्किएकी छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ६ : ४८ बजे

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार