पाथीभरा राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा « Khabarhub

पाथीभरा राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा साविकको विजेता नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले सेमिफाइनल प्रवेश गरेका छन् ।

ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वार्टफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पुलिसले प्रदेश ३ लाई २५–११, २४–२५, २५–१५ र २५–१४ को सेटमा पराजित गर्यो ।

अब पुलिसले बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशसँग खेल्नेछ । दोस्रो क्वार्टरफाइनलमा गण्डकीले टियु विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिससंगको भेट पक्का गर्यो । गण्डकीले विश्वबिद्यालय टिमलाई २५–१६, २५–११ र २५–१७ को सेटमा पराजित गर्यो ।

यस्तै आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । आर्मीले प्रदेश २ लाई २५–१४,२५–१५ र २५–८ को सेटमा हरायो ।

अब आर्मीले फाइनल प्रवेशको लागि बुधबार एपीएफसंग खेल्नेछ । क्वार्टरफाइनलमा एपीएफले प्रदेश १ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । एपीएफले प्रदेश १ लाई २५–१५,२५–१४ र २५–२० को सेटमा हरायो ।

जलले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : १७ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका