फिलिपिन्समा कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम ! « Khabarhub

फिलिपिन्समा कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम !


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– विश्वका हरेक समुदायमा कुरा काट्ने कोही न कोही त हुन्छन् । कुरा काट्ने मान्छे नभएको सायदै कुनै समुदाय होला । तपाईं हाम्रै समुदाय वा साथी भाइको समूहमा पनि कुरा काट्ने कोही न कोही त हुन्छन् नै ।

कुरा काट्ने बानी रोकेर रोकिने त होइन । तर फिलिपिन्सको एक शहरले भने शहरका मानिसहरुलाई कुरा काट्नै प्रतिबन्ध लगाउँदै आएको छ । राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको बिनालोनान शहरले त्यहाँ बसोबास गर्ने मानिसका लागि कुरा काट्न प्रतिबन्ध लगाएको हो ।

शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

यसअनुसार अरु कसैको व्यक्तिगत जीवनबारे जुनसुकै कुरा गर्न समेत पाइदैन । शहरमा को मानिसले कति ऋण लियो, कसको चक्कर कोसँग चल्दैछ कसले कसलाई धोका दियो वा यस्तै किसिमका कुरा गर्न पाइदैन । यद्यपि कुन स्तरको संवादलाई कुरा काटेको भन्ने बारे भने शहरको स्थानीय कानूनमा केही खुलाइएको छैन ।

पहिलो पटक कुरा काट्ने मानिसलाई २ सय फिलिपिनी पेसो अर्थात् ३.८ डलर जरिवाना तथा ३ घण्टा सडकको फोहोर संकलन गर्ने सजाय दिइनेछ ।

पटक पटक यस्तै ‘अपराध’ दोहो¥याएमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ । शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : २४ बजे

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’