युट्युबमा हरेक दिन २ सय करोड मानिसले गर्छन् लगइन « Khabarhub

युट्युबमा हरेक दिन २ सय करोड मानिसले गर्छन् लगइन


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- भिडियो शेयरिङ साइट युट्युब फेरि एक पटक चर्चामा आएको छ । अमेरिकी कम्पनी युट्युब आर्थिक घोटाला, अश्लिल तथा अनुचित सामग्रीका कारण विवादमा घेरिँदै जाँदा पनि हेरक दिन यसको प्रयोगकर्ता भने बढिरहेको एक मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । हरेक दिन २ सय करोडभन्दा बढी मानिसले युट्युब लगइन गर्ने गरेका छन् ।

गुगलका सिईओ सुन्दर पिचईले न्यूयोर्कमा भएको एक कार्यक्रममा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो तीन महिनामा प्रयोगकर्ताको संख्या १ सय ८० करोडबाट बढेर २ सय करोड पुगेको छ ।

गुगलको पेटेन्ट कम्पनी अल्फाबेटको शेयर मूल्यमा गिरावट भइरहेको समयमा युट्युबबारेको यो तथ्य बाहिर ल्याइएको छ । अल्फाबेट युट्युबको शेयर होल्डर कम्पनी हो । अल्फाबेटको शेयर मूल्यमा गिरावट आउन थालेपछि युट्युबको प्रयोगकर्तालाई देखाएर लगानीकर्ताहरुको ध्यान तान्न यसो गरिएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो केही समययता युट्युबमा क्लिक गर्नेको संख्यामा कमी आएको कम्पनीका फाइनान्सियल चिफ अफिसरले बताएका छन् ।

युट्युबमा हुने क्लिक उसको आर्थिक संकलनको मूख्य स्रोत हो । गत वर्ष थुप्रै ठूला ब्राण्ड कम्पनीले युट्युबलाई विज्ञापन दिन बन्द गरेको थियो । युट्युबले गलत तथा आपत्तिजनक भिडियो सामग्रीका साथ आफ्नो विज्ञापनलाई स्थान दिएको भन्दै ठूला विज्ञापन कम्पनीदाताहरुले विज्ञापन दिन बन्द गरेका थिए ।

युट्युब प्रयोगकर्ताले मनोरञ्जनमात्रै नभइ यसबाट विभिन्न जानकारी तथा शिक्षा पनि लिन सक्ने अवस्था रहेको युट्युबको दावी छ । यद्यपि, युट्युबले अझै पनि अनुचित भिडियोहरुलाई हटाउन कार्यमा संघर्ष गरिरहेको छ ।

युट्युब अहिले अनुसन्धानको क्रममा रहेको छ । आपत्तिजनक भिडियो सामग्री हटाउने कार्यमा जुटिरहेपनि उसले सफलता हात पार्न सकेको छैन । आफ्नो नियममाथि सख्त कडाई गरिरहेको युट्युबले विज्ञापनदाता तथा लगानीकर्ताको दबाब त्यतिकै झेलिरहेको छ । विज्ञापनबाट हुने आम्दानी गुगलको मुख्य आय स्रोत हो । पछिल्लो समयमा विज्ञापनका लागि युट्युबले अमेजन तथा फ्लिपकार्ट जस्ता कम्पनीसँग पनि प्रतिस्पर्धा गरिरहनु परेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४६ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक