युट्युबमा हरेक दिन २ सय करोड मानिसले गर्छन् लगइन | Khabarhub Khabarhub

युट्युबमा हरेक दिन २ सय करोड मानिसले गर्छन् लगइन


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- भिडियो शेयरिङ साइट युट्युब फेरि एक पटक चर्चामा आएको छ । अमेरिकी कम्पनी युट्युब आर्थिक घोटाला, अश्लिल तथा अनुचित सामग्रीका कारण विवादमा घेरिँदै जाँदा पनि हेरक दिन यसको प्रयोगकर्ता भने बढिरहेको एक मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । हरेक दिन २ सय करोडभन्दा बढी मानिसले युट्युब लगइन गर्ने गरेका छन् ।

गुगलका सिईओ सुन्दर पिचईले न्यूयोर्कमा भएको एक कार्यक्रममा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो तीन महिनामा प्रयोगकर्ताको संख्या १ सय ८० करोडबाट बढेर २ सय करोड पुगेको छ ।

गुगलको पेटेन्ट कम्पनी अल्फाबेटको शेयर मूल्यमा गिरावट भइरहेको समयमा युट्युबबारेको यो तथ्य बाहिर ल्याइएको छ । अल्फाबेट युट्युबको शेयर होल्डर कम्पनी हो । अल्फाबेटको शेयर मूल्यमा गिरावट आउन थालेपछि युट्युबको प्रयोगकर्तालाई देखाएर लगानीकर्ताहरुको ध्यान तान्न यसो गरिएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो केही समययता युट्युबमा क्लिक गर्नेको संख्यामा कमी आएको कम्पनीका फाइनान्सियल चिफ अफिसरले बताएका छन् ।

युट्युबमा हुने क्लिक उसको आर्थिक संकलनको मूख्य स्रोत हो । गत वर्ष थुप्रै ठूला ब्राण्ड कम्पनीले युट्युबलाई विज्ञापन दिन बन्द गरेको थियो । युट्युबले गलत तथा आपत्तिजनक भिडियो सामग्रीका साथ आफ्नो विज्ञापनलाई स्थान दिएको भन्दै ठूला विज्ञापन कम्पनीदाताहरुले विज्ञापन दिन बन्द गरेका थिए ।

युट्युब प्रयोगकर्ताले मनोरञ्जनमात्रै नभइ यसबाट विभिन्न जानकारी तथा शिक्षा पनि लिन सक्ने अवस्था रहेको युट्युबको दावी छ । यद्यपि, युट्युबले अझै पनि अनुचित भिडियोहरुलाई हटाउन कार्यमा संघर्ष गरिरहेको छ ।

युट्युब अहिले अनुसन्धानको क्रममा रहेको छ । आपत्तिजनक भिडियो सामग्री हटाउने कार्यमा जुटिरहेपनि उसले सफलता हात पार्न सकेको छैन । आफ्नो नियममाथि सख्त कडाई गरिरहेको युट्युबले विज्ञापनदाता तथा लगानीकर्ताको दबाब त्यतिकै झेलिरहेको छ । विज्ञापनबाट हुने आम्दानी गुगलको मुख्य आय स्रोत हो । पछिल्लो समयमा विज्ञापनका लागि युट्युबले अमेजन तथा फ्लिपकार्ट जस्ता कम्पनीसँग पनि प्रतिस्पर्धा गरिरहनु परेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४६ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो