बालबालिका पढाउने लोभ देखाएर लाखौं ठगी | Khabarhub Khabarhub

बालबालिका पढाउने लोभ देखाएर लाखौं ठगी



काठमाडौं । बालबालिकालाई गुणस्तरीय शिक्षा दिने नाममा कालीकोटका जयबहादुर विश्वकर्माले स्थानीयको लाखौँ रुपैयाँ असुलेर फरार भएका छन् ।

विश्वकर्मा फरार भएसँगै स्थानीयहरु बालबालिकालाई खोज्दै कालीकोटदेखि राजधानीसम्म आइपुगेका छन् । कालीकोटका खडानन्दा जौशीले डेढ महिनाअघि छोरीछोरीलाई काठमाडौंको बुढानिलकण्ठ ल्याएर छोडेका थिए ।

‘न्यू कर्णाली होम’ का सञ्चालक भन्दै आफूलाई चिनाउने जयबहादुर विश्वकर्मासँग खडानन्दले काठमाडौंको बुढानिलकण्ठमा भेटेका थिए ।
तत्काल छोराछोरी पढाउन ल्याउने कुरा भएपछि उनले चैतमा छोराको अन्तिम परीक्षा नै छुटाएर काठमाडौं ल्याए । काठमाडौं आएसँगै ११ वर्षिया छोरी सरिता, ६ वर्षिया छोरी दिलिपता र ७ वर्षीय छोरा प्रबिन्दलाई जयबहादुरको साथमा छोडेर गएका थिए ।

जयबहादुर कालीकोटकै स्थानीय भएपनि खडानन्दाले उनलाई राम्ररी चिनेका छैनन् । गाउँमा पढाइरहेका छोराछोरीलाई शहरमा राम्रो पढाउन लैजाने रे भनेपनि सिधै विश्वास गरेको उनले बताए । उनी भन्छन्, ‘गाउँमा मासिक ८४ हजार रुपैयाँमा छोराछोरीलाई पढाइरहेको थिएँ, जयबहादुरले ४ लाख रुपैयाँमा १० कक्षासम्म पढाइदिन्छु भनेपछि खुसी भएर नै ल्याएर छोडेका थिएँ ।’

उनी इन्डियामा भारी बोक्ने काम गर्छन् । ‘भारी बोकेरै पनि बालबच्चालाई राम्रै पढाउको थिएँ गाउँमा भन्दा सहरमा राम्रो पढाइ हुन्छ भन्ने सोचले ल्याएको थिएँ’ उनले दुखेसो गरे ।

केही समयअघि जयबहादुरसँग भएको कुरा सम्झदैँ उनी भन्छन्, ‘बुढानिलकण्ठस्थित एउटा घरमा जयबहादुरले तपाइको छोराछोरी बस्ने र पढ्ने यही हो भनि देखाएको थियो’ छोराछोरीले यति ठूलो महलमा बसेर पढ्न पाउने भए भन्ने उनलाई लागेको थियो ।

‘जयबहादुरसँगको पहिलो भेटमा गाउँमा रहेको ५ पाथीको खेत बेचेर २ लाख रुपैयाँ ल्याएर बुझाएको थिएँ’ उनले भने ।
‘साथै २ लाख केही समयपछि बुझाउँछु भनेको थिएँ’ खबरहबसँगको कुराकानीको क्रममा उनले भने ।

तर सोमबार दिउँसो ८ वर्षिय छोरा प्रविन्दले समयमै खाना नपाएको र भोकै बस्नु परेको सुनाएपछि मनमा चिसो पसेको उनले बताए ।
‘त्यसलगात्तै सञ्चालक फरार भएको खबर पाएँ, ३ छोराछोरी कहाँ होलान्, के गर्दै होलान् भन्ने चिन्ताले पिरोल्न थाल्यो’ आँखाभरी आँशु बनाउदै खडानन्दले सुनाए ।

‘खेत बेचेर छोराछोरी पढाउन ल्याएको थिएँ, खेत नि छैन, सन्तान नि छैनन’ कुराकानीका क्रममा उनी भावुक बने ।
आखाभरी आँशु बनाउँदै उनले भने, ‘बेकारमा छोराछोरी यहाँसम्म ल्याएछु, पेटभरी मकै भटमास खाएरै पनि खुसीसँगै पालेको थिएँ, राम्रै पढाएको थिए’ ।

त्यस्तै कालीकोटकी नन्द शाहीले ८ वर्षिय छोरा दिनेश शाहीलाई गत चैत्र महिनाको ११ गते काठमाडौं ल्याएकी थिइन् ।
नाताले भिनाजु पर्ने एक व्यक्तिले आफ्नो बालबालिका काठमाडौं पढाउन लैजाने भनेपछि उनलाई पनि छोरालाई काठमाडौं लगेर पढाउने रहर लागेको बताइन् ।

उनको एक छोरा र एक छोरी छन् । छोरी कालीकोटमै युकेजीमा पढिछन् । छोरा १ कक्षामा पढ्दापढ्दै छुटाएर काठमाडौं ल्याएको बताउछिन् ।

उनी भन्छिन्, ‘जयबहादुर विश्वकर्माले १ लाख रुपैयाँ दिनुस् १० कक्षासम्म पढाइदिन्छौ भनेको थियो ।’

२ वर्षअघि करेन्ट लागेर श्रीमानको गुमाएकी उनी अहिले सुर्खेतमा लेवरको काम गर्छिन् । दिनभरी भारी बोकेर दैनिक ५ सय रुपैयाँ कमाउने उनले एकैपटक १ लाख रुपैयाँ दिने नसकेपछि केही समयमा दिन्छु भनेकी थिइन् ।

‘तत्काल ५० हजार रुपैयाँ गाउँमै ३ प्रतिशत व्याजका दरले बुझाउने भनि सहकारीबाट निकालेकी थिएँ, बाँकी ५० हजार केही महिनामै तिर्छु भनेकी थिएँ’ उनले भनिन् ।

काठमाडौं जस्तो सहरमा छोरा पढ्न पाउने भनेर हर्षित हुदैँ छोरा ल्याएँ तर १ महिना नपुग्दै अलपत्र परेको खबर सुन्दा नरमाइलो लागेको बताउँदै उनले भनिन्, ‘हिजो बेलुकी जयबहादुर फरार भयो रे, बालबच्चा अलपत्र छन् भन्ने सुनेँ, हत्तार गर्दै आइपुगेँ ।’

‘बसमा रातभरीको यात्रा । मनमा चिन्ता मात्रै थियो । कति बेला पुग्नु र छोरालाई भेट्नु झैँ भएको थियो’ उनले दुःख व्यक्त गरिन् ।
छोराछोरी खोज्दै भृकुटीमण्डपस्थित बालबालिका खोजतलास सम्वन्य केन्द्रसम्म आइपुगेका उनीहरुलाई केन्द्रका प्रमुख मोहन विक्रम दाहालले बालबालिका सुरक्षित अवस्थामै रहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ४३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि