मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ को उपाधि प्रदेश २ लाई « Khabarhub

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ को उपाधि प्रदेश २ लाई


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर २ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले दिएको १ सय ३४ रनको लक्ष्य प्रदेश २ ले २६ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । प्रदेश २ का लागि रोहन बिकले सर्वाधिक ३६ रनको पाली खेल्दा बिशाल पटेलले अविजित २८ तथा निखिल सिंहले २७ रन बनाए । प्रदेश २ विरुद्ध प्रदेश ७ का आशिष भट्टले ३ र गोबिन्द बिष्टले १ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश ७ ले पुरा खेल खेल्दै ९ विकेट गुमाएर १ सय ३३ बनायो । सुदुरपश्चिमका लागि सुवाश ऐरले सर्वाधिक ४७ रन बनाएका थिए । यस्तै सन्दीप बिष्टले २८ र आशिष भट्टले २१ रन बनाएका थिए ।

प्रदेश २ का बिशाल पटेल र निखिल सिंहले समान ३–३ विकेट लिएका थिए । उपाधिसंगै प्रदेश नम्बर २ ले २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको खेल सामग्री प्राप्त गर्दा उपविजेता सुदुरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र सोही बराबरको खेल सामग्री प्राप्त गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ५९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल