फुलकन्ट्याक्ट कराते प्रतियोगिता बैशाख अन्तिम साता हुने « Khabarhub

फुलकन्ट्याक्ट कराते प्रतियोगिता बैशाख अन्तिम साता हुने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा २० औँ राष्ट्रिय पुरुष खुल्ला तथा १३ औँ राष्ट्रिय महिला तौल समुह फुलकन्टयाक्ट कराते प्रतियोगिता बैशाख अन्तिम साता हुनेभएको छ ।

संघले मंगलवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बैशाख २७ र २८ गते हुने जानकारी दिएको हो । दुई दिन चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनि कभर्ड हलमा सञ्चालन गर्ने जानकारी आयोजकले दिएको हो ।

सातैवटा प्रदेशबाट प्रतियोगितामा पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरस्कारमा पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रो १५, तेस्रो ७ हजार ५ सय र चौथो हुनेलाई ३ हजार ५ सय रुपैयाँ नगदको व्यवस्था गरिएको छ ।

यस्तै महिला स्पर्धाको प्रथम हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २५ सय र चौथोले १ हजार प्राप्त गर्नेछ। प्रतियोगिता आयोजनाका लागि अनुमानीत १३ लाख खर्च हुने आयोजकले जनाएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ५७ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च