म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एभरटोनलाई पराजित गरेको म्यानचेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभरटोनमाथि २—० को गोल अन्तरको जित हासिल गरेको सिटी डिसेम्बर १६ पछि पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।
२५ खेलबाट ६२ अंक जोडे्को लिभरपुललाई २६ खेलमा समान ६२ अंक नै जोडेको सिटी गोलअन्तरले शीर्ष स्थान पुगेको हो ।
एकहप्ता अगाडि सिटीभन्दा ५ अंकले नेतृत्व गरिरहेको योर्गन क्लोपको टिम लिभरपुलले एकपछि अर्को खेलमा बराबरी खेल्दा सिटीलाई फाइदा भएको हो ।
“केही दिन अगाडिमात्रै हामी सात अंकले पछि थियौं । तर, अहिले हामी लिगको शीर्ष स्थानमा छौं । त्यो नै सबैभन्दा राम्रो सुझाव हो, हामी कहिलै हरेस खादौनौं,” सिटीका प्रशिक्षक पेप गोर्डीयालोले भने,“यो सबै खेलाडीका लागि सिकाइको पाटो हो । खेल जित्न प्रयास गर्नुस । किनकी जीवन जतिखेर पनि परिवर्तन हुनसक्छ ।”
डेभिड सिल्भाको फ्रिकींकलाई हेड गर्दै डिफेन्डर यामेरिक लार्पोटेले पहिलो हाफमा थप गरिएको समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
यस्तै, पहिलो हाफमा १—० अघि रहेको सिटीका लागि गाब्रिएल जेससले खेलको अन्तिम समयमा गोल गर्दै जितका लागि निर्णायक गोल गरेपछि सिटीले एभरटोनलाई २—० गोल अन्तरले पाजित गरेको हो ।
शीर्ष दुई टिमको समान ६२ अंकरहँदा लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको ५७ अंक रहेको छ । सिटीसँग पराजित एभरटोनको ३३ अंकरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ३ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया