चाडमा फ्रान्सेली सेनाको हवाई कारबाही तीव्र | Khabarhub Khabarhub

चाडमा फ्रान्सेली सेनाको हवाई कारबाही तीव्र


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सले अफ्रिकी मुलुक चाडमा विद्रोही विरुद्ध हवाई कारबाही गरेको जनाएको छ । उत्तरी छिमेकी मुलुक लिबियाबाट चाडको सीमामा प्रवेश गरेका युनियन फोर्स अफ रेजिस्टेन्स युएफआर नामक विद्रोही समूहका २० भन्दा धेरै सवारीका लस्करलाई निशाना बनाएर हवाई कारबाही गरिएको फ्रान्सेली सेनाले जनाएको छ ।

सन् २००९ मा स्थापना भएको युएफआरले चाडका राष्ट्रपति इद्रिस डिबेलाई सत्ताच्युत गर्ने लक्ष्य लिएको छ । हाल यस समूह लिबियाका दक्षिणी क्ष्ँेत्रमा सक्रिय रहेको बताइन्छ । पछिल्ला केही दिनमा यस समूहका ५० भन्दा बढी सवारीको लस्कर चाडको भूमिभित्र ४ सय किलोमिटर भित्रसम्म आइपुगेको र त्यही लस्करलाई निशाना बनाएर कारवाही गरिएको फ्रान्सेली सेनाले जनाएको छ ।

गत आइतबारबाट फ्रान्सले विद्रोहीको लस्करलाई लक्ष्ँित गरी हवाई आक्रमण सुरु गरेको थियो । चाडको राजधानी अनजामेनाबाट उडेका मिराज लडाकु विमानले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । चाडलाई अस्थीर बनाउने तत्वलाई निशाना बनाइएको फ्रान्सेली सेनाको भनाइ छ ।

सन् १९९० मा सैनिक कुमार्फत् चाडको सत्तामा आएयता राष्ट्रपति डिबेले विभिन्न विद्रँेहको सामना गर्दै आएका छन् । चाड साहारा मरुभूमि तथा साहेल क्षेत्रमा इस्लामिक अतिवादीविरुद्ध फ्रान्सले गर्दै आएको अपरेशन बराख्ने नामक कारवाहीमा चाडले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने राजधानी अनजामेनामा फ्रान्सका ४५ सय भन्दा धेरै प्रतिआतंकवाद सैनिकको उपस्थिति छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ३१ बजे

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका बुबाआमालाई

कैलाली– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो

काठमाडौं महानगरमा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी