अबु सैयाफले सम्भावित आत्मघातीलाई शरण दियो: फिलिपिनी मन्त्री « Khabarhub

अबु सैयाफले सम्भावित आत्मघातीलाई शरण दियो: फिलिपिनी मन्त्री


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्समा सक्रिय अबु सैयाफ नामक अतिवादी संगठनले संभावित आत्मघाती बम आक्रमणकारीलाई शरण दिइरहेको फिलिपिनी अधिकारीले जनाएका छन् ।
दक्षिणी फिलिपिन्समा सक्रिय इस्लामिक अतिवादी संगठनले अरब मूलका एकजना संभावित आत्मघातीलाई शरण दिइरहेको जनाएका हुन् ।
फिलिपिन्सका आन्तरिक मामिलामन्त्री एदुआर्दो एनोलाई उद्धृत गर्दै एपीले जनाएअनुसार हालै जोलो टापुमा रहेको एक ईसाई गिर्जाघरमा भएको आक्रमणमा अबु सैयाफका नेता हातिब हजान सवादजानको हात रहेको र उनले दक्षिणी फिलिपिन्सको जङ्गलमा रहेको आफ्नो शिविरमा एकजना अरब मूलका संभावित आत्मघातीलाई शरण दिइरहेका छन् ।
गत जनवरी २७ मा जोलो टापुमा रहेको क्याथोलिक ईसाईको गिर्जाघरमा बम आक्रमण हुँदा २३ जनाको ज्यान गएको थियो भने अरु दर्जनौं घाइते भएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ४८ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई