५ दिनभित्र नरेन्द्र मोदीले १० राज्यको भ्रमण गर्ने « Khabarhub

५ दिनभित्र नरेन्द्र मोदीले १० राज्यको भ्रमण गर्ने


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलिबाट १० राज्यको भ्रमणमा निस्कने भएका छन् । लोकसभाको चुनाव नजिकिँदै गर्दा नरेन्द्र मोदीले ५ दिनको अवधीमा १० राज्यको भ्रमणमा निस्कने भएका हुन् ।

शुक्रबार उनी छत्तीसगढ पुगेर ¥यालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । छत्तिसगढबाहेक उनी पश्चिम बङ्गाल, आसाम, अरुणाचल प्रदेश, कर्णाटक, तामिल नाडु, उत्तर प्रदेश, हरियाणा पुग्नेछन् ।

फेब्रुअरी १२ मा हरियाणाको कुरुक्षेत्रमा स्वच्छ शक्ति सभालाई सम्बोधन गरेर दिल्ली फर्कने प्रधानमन्त्री मोदीको कार्यतालिका छ ।
यसअघि उनी गत आइतबार जम्मु र कश्मीर पुगेका थिए । त्यस्तै उनले यसै साता पश्चिम बङ्गालको पनि भ्रमण गरेका थिए ।

आगामी अप्रिल–मे महिनामा भारतमा हुने लोकसभाको चुनावको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको व्यस्तता बढेको हो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ८ : ५४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७