१ सय ९३ बंगलादेशी इण्डोनेसियामा थुनिएको भेटिए « Khabarhub

१ सय ९३ बंगलादेशी इण्डोनेसियामा थुनिएको भेटिए


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इण्डोनेशियामा एउटा पसलमा थुनिएको अवस्थामा १ सय ९३ बंलादेशी आप्रवासी फेला परेका छन् । उनीहरुलाई मलेशियामा रोजगारी दिलाउने प्रलोभनमा मानवतस्करले फँसाएको अधिकारीले जनाएका छन् ।

उनीहरु पर्यटकका रुपमा पर्यटकीय टापु बाली प्रवेश गरेको र मानवतस्करले योज्ञकर्ता शहरबाट उनीहरुलाई सुमात्रा टापुको मेडान शहर पु¥याएका हुन् । उनीहरुलाई हाल आप्रवासन हिरासतमा राखिएको र बाङ्लादेश फिर्ता लगिने बताइएको छ ।

बन्दी बनाइएकाहरुमध्ये केही तीन महिनादेखि बन्धक बनेको रोयटर्सले लेखेको छ । पसलको गोदामबाट शंकास्पद आवाज आउन थालेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले छापा मारी त्यहाँबाट उनीहरुको उद्धार गरेको हो ।

म्यान्मारमा जातीय नरसंहारको चपेटामा परेका रोहिङ्ग्या शरणार्थी लाखौँको सङ्ख्यामा बाङ्लादेशबाट दक्षिणपूर्वी एशियाली मुलुक प्रवेश गर्ने गरेको भएपनि उनीहरुमध्ये कोही पनि रोहिङ्ग्या आप्रवासी नभएको मेडान शहरका स्थानीय अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ९ : ०१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर