अन्तर्राष्ट्रिय

१ सय ९३ बंगलादेशी इण्डोनेसियामा थुनिएको भेटिए

By खबरहब

February 07, 2019

एजेन्सी– इण्डोनेशियामा एउटा पसलमा थुनिएको अवस्थामा १ सय ९३ बंलादेशी आप्रवासी फेला परेका छन् । उनीहरुलाई मलेशियामा रोजगारी दिलाउने प्रलोभनमा मानवतस्करले फँसाएको अधिकारीले जनाएका छन् ।

उनीहरु पर्यटकका रुपमा पर्यटकीय टापु बाली प्रवेश गरेको र मानवतस्करले योज्ञकर्ता शहरबाट उनीहरुलाई सुमात्रा टापुको मेडान शहर पु¥याएका हुन् । उनीहरुलाई हाल आप्रवासन हिरासतमा राखिएको र बाङ्लादेश फिर्ता लगिने बताइएको छ ।

बन्दी बनाइएकाहरुमध्ये केही तीन महिनादेखि बन्धक बनेको रोयटर्सले लेखेको छ । पसलको गोदामबाट शंकास्पद आवाज आउन थालेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले छापा मारी त्यहाँबाट उनीहरुको उद्धार गरेको हो ।

म्यान्मारमा जातीय नरसंहारको चपेटामा परेका रोहिङ्ग्या शरणार्थी लाखौँको सङ्ख्यामा बाङ्लादेशबाट दक्षिणपूर्वी एशियाली मुलुक प्रवेश गर्ने गरेको भएपनि उनीहरुमध्ये कोही पनि रोहिङ्ग्या आप्रवासी नभएको मेडान शहरका स्थानीय अधिकारीले जनाएका छन् ।