अन्तरनगर कराते प्रतियोगिता फागुनमा « Khabarhub

अन्तरनगर कराते प्रतियोगिता फागुनमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– शहीद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म अन्तरनगर कराते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आजसम्म विभिन्न जिल्लाका १७ भन्दा बढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको बताए ।

उनका अनुसार प्रतियोगितामा भाग लिन भक्तपुरका चार वटा नगरपालिका भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि, चाँगुनारायण, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी, तारकेश्वर नगरपालिका, काभ्रेको पाँचखाल, धुलिखेल, बनेपा, पनौती, पोखरा, सुर्खेत, पर्सा घोराही नगरपालिकासहित अन्य नगरपालिकाबीच प्रतिस्पर्धा हुने  छ ।

भक्तपुरलाई खेलकूदको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले यसवर्ष एक करोड ८० लाखको बजेट विनियोजन गरेको बताए । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने १०–१० जनालाई रु पाँच–पाँच हजारका दरले, दोस्रो हुने १०–१० जनालाई तीन–तीन हजारको दरले र तेस्रो हुने २०–२० जनालाई जनही एक हजार ५०० का दरले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा २० देखि ६० किलो समूहका फरकफरक खेलाडी र फ्रि काताको प्रतिस्पर्धा गराइने भएको छ । स्कुल स्कुलमा, टोल टोलमा र वडा वडामा खेलकूदको विकास गर्ने लक्ष्यले स्कुलस्तरीय, वडास्तरीय, नगरस्तरीय हुँदै अन्तर नगर खेलकूद प्रतियोगिता गर्दै आएको नगरपालिकाले सांस्कृतिक नगर मात्रै नभई खेलकूदको नगरको रुपमा समेत भक्तपुरलाई चिनाउने बताए ।

युवालाई खेलकूद क्षेत्रमा अगाडि बढाउन नगरपालिकाले फुटबल, भलिबल, बक्सिङ, कराते र टेबुलटेनिस खेलको प्रशिक्षण दिँदै आएको उनले बताए । नगरका दशवटै वडामा वडा खेलकूद समिति गठन गरी खेलकूद गतिविधिलाई वडागत तहमा व्यापक बनाएको बताउउँदै प्रमुख प्रजापतिले प्रत्येक वर्ष अन्तरनगर खेलकूद प्रतियोगिता गर्ने तयारी स्वरुप यसवर्ष २०७५ फागुन ५ देखि ८ गते अन्तरनगर कराते प्रतियोगिताको आयोजना गर्ने भएको बताए ।

भक्तपुर नगरपालिकाले ऐन बनाएर खेलकूदलाई मौलिक हकको रुपमा राखेको बताउँदै खेलकूदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गरी भक्तपुरको मात्रै होइन, देशको नाम संसारभर चिनाउन खेलकूद अभियान शुरु गरेको बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ४५ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार