घरको पूजा कोठा कुन दिशामा स्थापना गर्ने ? « Khabarhub

घरको पूजा कोठा कुन दिशामा स्थापना गर्ने ?


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पूजापाठ गर्नका लागि घरमा मन्दिर तथा पूजा गर्ने स्थान बनाउने परम्परा पुरानो समयदेखि चलिआएको हो । तपाईंले घरमा स्थापना गर्नु भएको मन्दिरका विषयमा शास्त्रमा केही नियम उल्लेख छन् । तपाईंको पूजा कोठा अर्थात मन्दिर कुन दिशा, कस्तो स्थानमा छ ? यसले पनि विशेष महत्व राख्छ । मन्दिरसँग सम्बन्धित केही यस्ता तथ्य छन्, जसलाई यहाँ प्रस्तुत गरिएको छ ।

१) घरमा मन्दिर पूर्व अथवा उत्तर दिशाको ईशान कोण (उत्तर-पूर्व) मा स्थापना गर्नुपर्छ । वास्तुशास्त्रअनुसार इश्वरीय शक्ति ईशान कोणबाट प्रवेश गर्छ र नैऋत्य कोण (पश्चिम-दक्षिण) बाट बाहिर निस्कन्छ । यदि यो सम्भव भएन भने पश्चिम दिशामा पनि तपाईंले मन्दिर स्थापना गर्न सक्नु हुनेछ । तर, दक्षिण दिशामा मन्दिर बनाउनु फलदायी हुँदैन ।

२) पूजा गर्ने व्यक्तिको मुहार पश्चिम दिशातर्फ फर्किएको छ भने शुभ हुनेछ । यसका लागि मन्दिरको ढोका पूर्व दिशातर्फ हुनु पर्छ ।

३) घरको मन्दिरमा हरेक दिन बिहान तथा साँझ अगरबत्ती तथा दियो बाल्नु होला । दियो अर्थात दीप बाल्नाले घरका थुप्रै वास्तु दोष काटिने छन् ।
४) तपाईंको घरमा शौचालय र पूजा गर्ने मन्दिर तथा स्थान नजिक-नजिक हुनुहुँदैन ।

५) पूजास्थलको छेउमा थोरै स्थान खुल्ला पनि हुनु पर्छ । पूजा सकेपछि पनि केही बेर ध्यान गर्न आवश्यक छ ।

६) मन्दिरसँगै त्यसको छेऊमा पूजा सामाग्री, धार्मिक पुस्तक, शुभ वस्तुहरु राख्नु पर्दछ । घरका अन्य सामान भने मन्दिर रहेको स्थानमा नराख्नु होला ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ५ : ४६ बजे

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई